• Home
  • समाचार
  • विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ
Image

विभिन्न स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ


काठमाडौ, भदौ २० गते।
काठमाडौं, कास्की, मोरङ र धादिङबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट ८ सय ग्राम गाँजा र नगद २० हजार रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं जडिबुटी बस्ने ३३ वर्षीय अविनाश राज भण्डारी लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त गाँजा र नगद सहित पक्राउ गरेको हो ।

कास्कीको पोखरा महानगरपालिका–१० अम्मरसिंह चोकबाट नियन्त्रित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी धौलागिरी गाउँपालिका–१ बस्ने ३१ वर्षीय नगेन्द्र थापा लगायत छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।उनीहरुको साथबाट नुर्फिन

५६ एम्पुल, डाईजेपाम ५६ एम्पुल र फेनारगन ५६ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्जबाट बागलुङतर्फ जाँदै गरेको ना.८ ख ९२५१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट १ ग्राम ६१ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–९ बस्ने ३४ वर्षीय सन्तक कुमार खड्का छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङको थाक्रे गाउँपालिका–२ ढाडेबाट १० केजी चरेशसहित सोही गाउँपालिका–१ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सिम्लेबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *