• Home
  • मनोरञ्न
  • लाइगर असफल भएपछि ६ करोड फिर्ता गर्दै विजय
Image

लाइगर असफल भएपछि ६ करोड फिर्ता गर्दै विजय

काठमाडौ, भदौ २० गते।  
 अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो ।फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए, उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौती समेत दिएका थिए । तर सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो ।

अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यो फिल्म सय करोड बढी बजेटमा बनेको थियो । तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । यही कारण विजयले निर्मातालाई ६ करोड बढी पैसा फिर्ता दिने निर्णय लिएका छन् ।

विजयले चार्मी कौर र अर्का सहनिर्मातालाई सहयोग गर्ने घोषणा गरेका हुन् । विजय आगामी प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाठका साथ गर्दैछन् ।
‘लाइगर’ बक्सअफिसमा असफल भएपछि यसको असर उनको आगामी फिल्मलाई पनि पर्ने देखिन्छ ।

निर्माताले ‘लाइगर’ असफल भएको देखेपछि ‘जन गण मन’ को बजेट पनि केही कम गरेका छन् ।विजय र जगन्नाठले फिल्मको पारिश्रमिक नलिने निर्णय लिएका छन् । तर फिल्म सफल भएमा त्यसको नाफाको केही हिस्सा विजयको पनि हुनेछ ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ४ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ६ दिन अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ६ दिन अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *