Image

एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

काठमाण्डाै – एसिया कप टी–२० क्रिकेटको सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई  ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका धनुष्का गुणाथिलकाले ३३ रन तथा भानुका राजपक्षेले ३१ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान, नविन उल हकले समान २/२ विकेट तथा राशिद खानले १ विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

अफगानिस्तानका गुरबाजले सर्वाधिक ८४ रन बनाए । श्रीलङ्काका दिलशान मदुशनकाले २ तथा असिथा फ्रेनान्डोले एक विकेट लिए । श्रीलङ्काले अब मङ्गलवार भारतसँग खेल्नेछ । आज भारत र पाकिस्तानबीच खेल हुनेछ ।

सुपर चारका खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *