Image

एसिया कप क्रिकेट सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई हरायो

काठमाण्डाै – एसिया कप टी–२० क्रिकेटको सुपर चारमा श्रीलङ्काले अफगानिस्तानलाई  ४ विकेटले हराएको छ । जितसँगै श्रीलङ्काले शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका धनुष्का गुणाथिलकाले ३३ रन तथा भानुका राजपक्षेले ३१ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान, नविन उल हकले समान २/२ विकेट तथा राशिद खानले १ विकेट लिए । त्यसअघि यूएईको शारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

अफगानिस्तानका गुरबाजले सर्वाधिक ८४ रन बनाए । श्रीलङ्काका दिलशान मदुशनकाले २ तथा असिथा फ्रेनान्डोले एक विकेट लिए । श्रीलङ्काले अब मङ्गलवार भारतसँग खेल्नेछ । आज भारत र पाकिस्तानबीच खेल हुनेछ ।

सुपर चारका खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *