• Home
  • समाचार
  • निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय
Image

निर्णय भएको ७ वर्षपछि सिम्रौनगढमा मालपोत कार्यालय


काठमाडौं । भदौ १६ गते
सरकारले निर्णय गरेको ७ वर्षपछि बाराको सिम्रौनगढमा मालपोत कार्यालयको उद्धाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक कार्यक्रमबीच कार्यालयको उद्धाटन गरेकी हुन् । जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो ।

सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णयविरुद्ध जिल्लाका लेखापढी व्यवसायी राम कलैयाका अन्य व्यवसायीहरुले मालपोत र नापी कार्यालय सदरमुकाम बाहिर लैजान नदिने भन्दै आन्दोलन सुरु भएपछि सिम्रौनगढमा कार्यलय स्थापना गर्ने मन्त्रिपषिदको निर्णय कार्यान्वयन हुन सकेको थिएन । मन्त्रिपरिषदको सोही मितिको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरिएको थियो ।

ुसिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले मन्त्रिपरिषदको निर्णय कार्यान्वयको माग गर्दै आएका थिए । लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौं,ु स्थानीय समाजसेबी रामेश्वरप्रसाद यादवले भने,सरकारले बल्ल जनताको आवाज सुनेको छ । उहाँले कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धि कामले २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

कार्यालयको उद्धाटन भएपछि स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उनको भनाइ छ ।कार्यालय उद्धाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्याउने उद्देश्यले कार्यलय संचालन ल्याइएको बताइन् । उनले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न यसअघि कसैले पनि चासो नदेखाएको अवस्थामा आफूले सिम्रौनगढमा कार्यालय संचालन गर्न पहल गरेको बताइन् ।

कार्याक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संघीयताको मर्मअनुरुप सिम्रौनगढमा मालपोत कार्यालयको सेवा सुरु गरिएको बताइन् । उनले सिम्रौनगढमा मालपोत कार्यालयको कार्यालय भवन निर्माण गरेर नमूना एकीकृत सेवा सुरु गर्न मन्त्रालय तयार रहेको पनि बताइन्उ । तपाईंहरु भवनको लागि जमिन उपलब्ध गराउनुहोस्, सचिव थपलियाले भने, ुमन्त्रालय सुविधा सम्पन्न कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्न तयार छ ।ु

कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले सिम्रौनगढ मालपोत कार्यालयमा भूमि व्यवस्थापन सूचना प्रणालीको काम पूरा भएको र केही दिनभित्र सेवा सुरु गरिने जानकारी दिए । उनले जग्गाको श्रेस्तासहित अन्य पूर्वाधार निर्माणको लागि पनि विभागले कार्यालयलाई आवश्यक सहयोग गर्ने बताए ।कार्यक्रमा संविधान सभा सदस्य गोपाल ठाकुर, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारलगायतले आफ्नो धारणा राखेका थिए ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ६ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *