ककपिटमा झगडा गर्ने पाइलट निलम्बनमा
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
पेरिस, १४ भदौ
ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ । जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२०मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो । होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप गरेका थिए ।
विमान सुरक्षित ढंगल अवतरण नहुन्जे उडान दलका एक सदस्य ककपिटमा बसेका थिए । तर, उक्त दुर्घटनाले उडानलाई असर नगरेको उक्त एयरलाइनले जनाएको छ ।
उक्त घटनाबारे फ्रान्सको वायु अनुसन्धान निकायले अध्ययनपछि एक रिपोर्ट प्रकाशित गरेको थियो ।
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि