• Home
  • राजनीति
  • उम्मेदवार सिफारिसमा पैसा नउठाउनु–कांग्रेस
Image

उम्मेदवार सिफारिसमा पैसा नउठाउनु–कांग्रेस


काठमाडौं । भदौ १४ गते
आगमी ४ मंशिरमा हुन गईरहेको संघीय र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि रकम उठाएको सुचना पाएपछि नेपाली कांग्रेसले सो कार्य रोक्न निर्देशन दिएको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक परिपत्र जारी गदै जिल्ला, क्षेत्र र प्रदेश कार्य समितिलाई पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएका हुन ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकम -लेबी- बाहेक अन्य रकम लिने कार्य बैधानिक नहुने पौडेलले जारी गरेको परिपत्रमा उल्लेख छ ।

‘कतिपय पार्टीका निकायवाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा रकम मागिएको जानकारी प्राप्त भएको भन्दै यसमा केन्द्रको गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी पत्रमा भनिएको छ, ‘बिभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यवाट बिद्यान तथा नियमावली बमोजिम सबन्धित पार्टी निकायले लिनु पर्ने सदस्यता शुल्क तथा सहयोग रकम बाहेक उम्मेदवार सिफारिस गर्दा कुनै पनि तहको कार्यसमितिले कुनै पनि प्रकारको रकम माग गर्नुरउठाउन बिद्यान विपरितको कार्य हुने भएकाले त्यस्तो कार्य नगर्नुरनगराउनु हुन निर्देशानुसार अनुरोध गरिन्छ ।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ७ दिन अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *