Image

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु  

काठमाडौं, १३ भदौ  

मकवानपुर, काभ्रेपलाञ्चोक, चितवन र रुपन्देहीमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ स्थित सडकमा ग.२२ प ६१३ नम्बरको मोटरसाइकल ना.४ ख ९६०३ नम्बरको ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

आइतबार भएको सो दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकलमा सवार पर्सा ठोरी गाउँपालिका–२ घर भएकी २५ वर्षीया श्रृजना विक रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान र मोटरसाइकलमा सवार उनका छोरा उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ बसपार्कस्थित सडकमा बा.६० प ५२४३ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक मेलम्चि नगरपालिका–१३ बस्ने ३० वर्षीय प्रमात्मा तिवारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिरमेमोरीयल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । 

चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रोकी राखेको ना.७ ख २९७९ नम्बरको टिपरमा बागमती प्रदेश ०३–००४ प ५३७८ नम्बरको मोटरसाइकल सोमबार विहान ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२७ दिब्यनगर बस्ने ३३ वर्षीय बिजय भुजेल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ गोरकट्टास्थित सडकमा लु.१६ प ६१३० नम्बरको मोटरसाइकल आइतबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–३ शंकरनगर बस्ने १२ वर्षीय समिक्षा खराल र ७ वर्षीय सुग्रिम खराल रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त मोटरसाइकल लु.२८ प ४३७३ नम्बरको मोटरसाइकलमा ठोक्किई अनियन्त्रित हुँदा लु.१ क ३०६४ नम्बरको मिनि ट्रकमा समेत ठोक्किन पुगेको थियो । 

दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

Related Posts

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ घण्टा अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ५ घण्टा अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *