• Home
  • खेलकुद
  • एसिया कप क्रिकेट: पाकिस्तानमाथि भारतको जित
Image

एसिया कप क्रिकेट: पाकिस्तानमाथि भारतको जित

काठमाडौं, १३ भदौ 


एसिया कप २०२२ को बहुप्रतिक्षित खेलमा भारतले पाकिस्तानमाथि पाँच विकेटको रोमाञ्चक जित निकालेको छ ।दुबईमा सम्पन्न खेलमा पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्‍याे । भारतलाई अन्तिम ओभरमा जितका लागि सात रनको आवश्यकता थियो । जसमा हार्दिक पान्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै भारतको जित सुनिश्चित गरे ।

भारतका लागि रविन्द्र जडेजाले र विराट कोहलीले समान ३५ रन बनाए । हार्दिक पान्ड्याले ३३ रन बनाउँदा सुर्यकुमार यादवले १८ र कप्तान रोहित शर्माले १२ रन बनाए ।

पाकिस्तानले दोस्रो इनिङको तेस्रो बलमै सफलता पाएको थियो । भारतका ओपनर लोकेश राहुल गोल्डेन डक भएका थिए ।

भारतले तेस्रो बलमा राहुललाई, ५० रनमा रोहितलाई, ५३ रनमा कोहलीलाई, ८९ मा सुर्यकुमारलाई र एक सय ४१ मा रविन्द्र जडेजलाई गुमाएको थियो ।

पाकिस्तानका मोहम्मद नवाजले तीन विकेट लिए । यस्तै नसिम साहले दुई विकेट हात पारे ।

यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ४७ रनको योगफल तयार गरेको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाएका थिए । रिजवानले ४२ बलमा चार चौका र एक छक्का प्रहार गरेका थिए । इफ्तिखर अहमेदल २८ रन बनाएका थिए । यसबाहेक, सहबाज दहनीले १६ रन जोड्दा कप्तान बाबर आजम र फकर जमामले समान १० रन जोडेका थिए । हरिस रौफले १३ रन बनाएका थिए ।

भारतका भुवनेश्वर कुमारले सर्वाधिक चार विकेट लिएका थिए । भुवनेश्वरले चार ओभरमा २६ रन खर्चिए । हार्दिक पन्ड्याले तीन विकेट लिएका थिए । यस्तै, अर्शदीप सिंहले दुई र अभेस खानले एक विकेट हात पारे ।

पाकिस्तानले स्कोरबोर्डमा १५ रन छँदा कप्तान आजमलाई गुमाएको थियो । ४२ रनमा फकर जमानलाई गुमाएको पाकिस्तानले ८७ रनमा इफ्तिखिर अहमेदलाई गुमाएको थियो । इफ्तिखर अहमेद र रिजवानले तेस्रो विकेटका लागि ४५ रनको साझेदारी गरेका थिए ।

यसपछि ९६ रनमा चौथो विकेटको रुपमा रिजवानलाई गुमाएको पाकिस्तानले ९७ रनमै खुसदील साहलाई पाँचौ विकेटको रुपमा गुमाएको थियो ।

स्कोरबोर्डमा एक सय १२ रन हुँदा आसिफ अलि आउट भए । एक सय १४ रनमा मोहम्मद नवाज आउट हुँदा एक सय २८ मा सादब खान र नसिम अलि एकै ओभरमा पभेलियन फर्किएका थिए ।

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni २ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni २ हप्ता अगाडि

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ३ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *