Image

केनको गोलमा टोटनहमको जित

काठमाडौं, १३ भदौ 

ह्यारी केनको दुई गोल मद्दतमा टोटनहमले आइतबार इंग्लिस प्रिमियर लिगमा नटिङघम फरेस्टलाई २-० ले हराएको छ । एन्टोनियो कोन्टेको टोलीले जारी सिजन आफ्नो अपराजित यात्रालाई चौथो खेल सम्म कायम राखेको हो । यसक्रममा  टोटनहमले  तीन खेल जितेको छ भने एक खेलमा अंक बाँडेको छ ।

खेलको पाँचौ मिनेटमा केनको गोलमा टोटनहमले अग्रता लियो । केनले डेजान कुलुभेस्कीको पासलाई सदुपयोग गरेका थिए ।

५६औं मिनेटमा केनले टोटनहमको अग्रता बढाउने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन् । केनको पेनाल्टी प्रहार नटिङघमका गोलकिपर डिन हेन्डरसनले बचाएका थिए ।

खेल सकिन नौ मिनेट बाँकी रहँदा केनले व्यत्तिगत दोस्रो गोल गर्दै टोटनमको जित पक्का गरेका थिए ।

तेस्रो स्थानको टोटनहमको चार खेलमा १० अंक छ । समान खेल खेल्दै दोस्रो स्थानमा बसेको म्यानचेस्टर सिटीको पनि समान १० अंक छ भने शीर्ष स्थानको आर्सनलको १२ अंक रहेको छ ।

यता वेस्ट हमले सिजनको पहिलो जित निकाल्ने क्रममा एस्टन भिल्लालाई १-० ले हरायो । 

Related Posts

विश्वकप अधिकार बेच्ने गोप्य योजना: फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी

काठमाडौं, ३० असोज। अध्यक्ष जियानी इन्फान्टिनोले ‘फिफा फरवार्ड इन्टरप्राइज’मार्फत विश्वकपका अधिकारहरू बेच्ने आफ्नो योजनाका लागि फिफा काउन्सिल समक्ष…

ByByanjana soni ३ हप्ता अगाडि

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी…

ByByanjana soni ३ हप्ता अगाडि

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ४ हप्ता अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *