Image

चीनमा भारी वर्षापछि ४६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

सिचुआन, १३ भदौ

चीनको सिचुआन प्रान्तमा शनिबारदेखि परेको भारी वर्षाका कारण रातारात ४६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बाढीले चेङ्दु, गुआङ्युआन र गार्जे तिब्बती स्वायत्त प्रिफेक्चरलगायतका सात सहर र प्रिफेक्चर प्रभावित भएको जनाइएको छ ।

ग्लोबल टाइम्सका अनुसार सिचुआनका सहरह, प्रिफेक्चर र चेङ्दुको उत्तर र उत्तरपश्चिममा यो साताको अन्त्यमा भारी वर्षा हुनेछ भने मियानयाङ, याआन, गुआङ्युवान, देयाङ, आबा र गार्जे प्रान्तहरूमा पनि मध्यमदेखि भारी वर्षा हुनेछ । केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले आइतबार बिहान पानी पर्नका लागि ब्लू अलर्ट जारी गरेको छ । 

राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार बिहान पूर्वी सिचुआनलगायत देशका केही भागहरूमा उच्च तापक्रमको लागि पहेंलो चेतावनी जारी गरेको थियो ।  चीनमा ६ दशकयताकै सबैभन्दा खराब गर्मीले देशको आर्थिक क्षेत्रलाई प्रभावित गरेको छ ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *