Image

युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग  

न्युयोर्क, ८ भदौ

अमेरिकाले युक्रेनलाई ३ अर्ब डलर बराबरको नयाँ सैन्य सहयोग प्रदान गरेको छ । युक्रेनले स्वतन्त्र दिवस मनाइरहेका बेला वासिंगटनले किभलाई उक्त सहयोग प्रदान गरेको हो । रुसले युक्रेनमाथि हमला गरेको ६ महिना पुगेको छ । युक्रेनलाई नयाँ सैन्य सहयोग प्रदान गरिएको ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन् । 

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नागरिकहरूलाई ‘रूसी आतंक’विरुद्ध सतर्क रहन आग्रह गरेका छन् । रुसले पूर्वी युक्रेनमा आफ्नो हमला बढाइरहेका बेला युक्रेनले पनि आफ्नो प्रतिरोध कडा बनाएको छ । 

यसैबीच, क्रेमलिनले राष्ट्रपति भ्लादिमीर पुटिनका निकट सहयोगी तथा राष्ट्रवादी नेता डारिया दुगिनाको हत्यामा ‘कुनै दया नगर्ने’ चेतावनी दिएको छ । २९ वर्षीया दर्या दुगीनाको शनिबार राति यात्रा गरिरहेकी टोयोटा ल्यान्ड क्रुजरमा विस्फोटक पदार्थ विस्फोट हुँदा मृत्यु भएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

दुगिना अलेक्ज्याण्डर दुगिनकी छोरी हुन् । अलेक्जेन्डरले लामो समयदेखि रुसी भाषा बोल्ने क्षेत्रलाई नयाँ रुसी साम्राज्यको भागको रूपमा एकीकरण गर्न वकालत गरेका छन् । पुटिनको विश्वदृष्टिकोण र युक्रेनप्रतिको दृष्टिकोणलाई आकार दिन उनी प्रभावशाली मानिन्छन् । तथापी, उनको दृष्टिकोणलाई लिएर रुसमा बहस हुने गरेको छ । दुर्घटनाको समयमा उनी बाबुको कारमा चढेकी थिइन् । बाबुलाई निशाना बनाउने क्रममा छोरीको ज्यान गएको अनुमान गरिएको छ । 
 

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni २ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *