Image

‘फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’

न्युयोर्क, ७ भदौ

फ्लोरिडा विद्यालयका बन्दुकधारीका वकिलहरुले बन्दुकधारीलाई मृत्युदण्ड बचाउनुपर्ने राय राखेका छन् । कठिन बाल्यकालका कारण उनको दिमाग स्थायी रुपमा विग्रिएको तर्क गर्दै उनलाई मृत्युदण्डबाट जोगाउनुपर्ने बताएका हुन् । २३ वर्षीय निकोलस क्रुजले सन् २०१८ को १४ फेब्रुवरीमा फ्लोरिडाको पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डगलस हाई स्कुलमा १७ जनाको हत्या गरेकोमा दोषी स्वीकार गरेका थिए ।

उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय सुनाइने भन्ने बारेमा सुनुवाइले निर्धारण गर्नेछ । यो गोलीकान्ड अमेरिकामा निर्णायक फैसलामा पुग्ने सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो । 

सोमबार क्रुजका मुख्य वकिल मिलिसा म्याक नेलले आमाको कोखमा हुँदा क्रुजलाई लागूऔषध र मदिरामा एक्सपोज गरिएको र यो नरसंहारको कारक भएको बताइन् ।
आक्रमणकारीलाई क्षतिग्रस्त व्यक्ति भन्दै उनले भनिन्, ‘उसको मस्तिष्क अपरिवर्तनीय रूपमा टुटेको थियो । ’ उनले अगाडि थपिन, ‘अपराधका पछाडिका मानिसलाई हामीले चिन्नु आवश्यक छ’, सात पुरुष, पाँच महिला र १० वैकल्पिक न्यायाधीशहरूको निर्णायक मण्डलअगाडि म्याक नेलले भनिन् । आमाले ड्रग्सको दुरुपयोग गरेकी क्रुजकी सौतेनी बहिनी डेनियल वुडर्डले जानकारी दिइन् ।

कार चोरीको मुद्दामा सुनुवाई कुरिरहेकी वुडर्डले आफ्नी आमालाई ‘भयंकर’ बताएकी छिन् । 
 

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

अघिल्लो निर्वाचनको रेकर्ड ब्रेक गर्दै मस्कले ट्रम्पका लागि गरे २६ सय कराेड बढी खर्च

वासिङटन डिसी, २८ असोज। विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचनमा विजयी हुन सघाउन…

ByByanjana soni १ हप्ता अगाडि

पोपको सफल शल्यक्रिया: फोक्सोको क्यान्सर पुष्टि

पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर…

ByByanjana soni १ हप्ता अगाडि

मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता रयान राणा मगरले बैंकक, थाइल्याण्डमा नेपालको प्रतिनिधित्व गर्ने

  ​काठमाडौँ, नेपाल — नेपाली प्रतिभा र संस्कृतिलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने क्रममा ‘मिस्टर किड्स नेपाल सिजन–३’ का विजेता…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *