Image

‘फ्लोरिडा बन्दुकधारीको मस्तिष्क टुटेको थियो’

न्युयोर्क, ७ भदौ

फ्लोरिडा विद्यालयका बन्दुकधारीका वकिलहरुले बन्दुकधारीलाई मृत्युदण्ड बचाउनुपर्ने राय राखेका छन् । कठिन बाल्यकालका कारण उनको दिमाग स्थायी रुपमा विग्रिएको तर्क गर्दै उनलाई मृत्युदण्डबाट जोगाउनुपर्ने बताएका हुन् । २३ वर्षीय निकोलस क्रुजले सन् २०१८ को १४ फेब्रुवरीमा फ्लोरिडाको पार्कल्याण्डको मार्जोरी स्टोनम्यान डगलस हाई स्कुलमा १७ जनाको हत्या गरेकोमा दोषी स्वीकार गरेका थिए ।

उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय सुनाइने भन्ने बारेमा सुनुवाइले निर्धारण गर्नेछ । यो गोलीकान्ड अमेरिकामा निर्णायक फैसलामा पुग्ने सबैभन्दा घातक सामूहिक गोलीकाण्ड हो । 

सोमबार क्रुजका मुख्य वकिल मिलिसा म्याक नेलले आमाको कोखमा हुँदा क्रुजलाई लागूऔषध र मदिरामा एक्सपोज गरिएको र यो नरसंहारको कारक भएको बताइन् ।
आक्रमणकारीलाई क्षतिग्रस्त व्यक्ति भन्दै उनले भनिन्, ‘उसको मस्तिष्क अपरिवर्तनीय रूपमा टुटेको थियो । ’ उनले अगाडि थपिन, ‘अपराधका पछाडिका मानिसलाई हामीले चिन्नु आवश्यक छ’, सात पुरुष, पाँच महिला र १० वैकल्पिक न्यायाधीशहरूको निर्णायक मण्डलअगाडि म्याक नेलले भनिन् । आमाले ड्रग्सको दुरुपयोग गरेकी क्रुजकी सौतेनी बहिनी डेनियल वुडर्डले जानकारी दिइन् ।

कार चोरीको मुद्दामा सुनुवाई कुरिरहेकी वुडर्डले आफ्नी आमालाई ‘भयंकर’ बताएकी छिन् । 
 

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *