• Home
  • ताजा समाचार
  • छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ 
Image

छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित पाँच जना पक्राउ 

काठमाडौं, ६ भदौ 

मोरङ, उदयपुर, कैलाली र धनुषामा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । 

मोरङको लेटाङ नगरपालिका–३ कमलपयरबाट नियन्त्रित औषधी ट्रामाडोल १ हजार ३ सय ५० ट्याब्लेट र स्पासपेन ९ सय ६० ट्याब्लेटसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय आसन राई लगायत २ जना छन् । उनीहरुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त औषधी सहित पक्राउ गरेको हो । 

उदयपुरको चौदण्डीगढी नगरपालिका–३ स्कुलबारीबाट करिव एक केजी गाँजासहित सोही ठाउँ बस्ने ५९ वर्षीया लामु शेर्पालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी बसाहबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

कैलालीको धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलबाट एक केजी चरेश सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिनेश सिंहलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको पसल तलासी गर्दा लुकाई राखेको उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको हो । 

धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टीबाट एक केजी ५ सय ग्राम गाँजा र ६८ हजार ९ सय ६४ रूपैयाँ सहित सोही ठाउँ बस्ने ५५ वर्षीय खेलावन मुखियालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

लागू औषध नियन्त्रण ब्यूरो जनकपुर र प्रहरी चौकी जिरोमाईलबाट खटिएको प्रहरीले मुखियाको घुम्ती किराना पसल जाँच गर्दा लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।    
 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *