• Home
  • प्रदेश नं २
  • जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस
Image

जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै जनकपुरमा निकाले सिठी जुलुस

कार्तिक ८ गते ।

जनकपुरधाम : जनकपुरमा आज जनमत पार्टीले आफ्ना कार्यकर्ताको रिहा र पार्टीको केन्द्रीय सचिवालयमा आक्रमण गर्नेमाथि काराबहीको माग गर्दै सिठी जुलुस निकालेको छ ।

भ्रष्टाचारको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताहरुले गत बुधवार जनकपुरस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए । सो क्रममा धन्षा प्रहरीले जनमत पार्टीका ६२ जनालाई कार्यकर्तालाई नियन्त्रनमा लिएका थिए । ६२ जना मध्ये ४५ जना कार्यकर्तालाई ब्धबार रातिनै साढे ८ बजे रिहा गरे र १७ जना माथी मुद्दा दायर भएका छन् ।

कार्यकर्तालाई रिहाइको माग गर्दै जनमत पार्टीले आइतबार ९ दिने आन्दोलनको घोषणा गरेको छ ।

सोही कार्यक्रमअन्तर्गत आज जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा जुलुस निकालेका हुन् । कार्यकर्ताको रिहाइ र केन्द्रीय सचिवालयमा आक्रमण गर्नेलाई कारबाही गर्न र भ्रष्टाचारविरुद्ध मधेसका सबै जिल्लामा सिठी जुलुस प्रदर्शन गरिएको पार्टीका केन्द्रीय उपमहासचिव इन्द्रजीत यादवले जानकारी दिए ।

जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले भ्रष्टाचार र बेतिथिविरुद्ध सर्वपक्षीय जनआन्दोलन गर्ने निर्णय पनि गरेको थियो । जनआन्दोलनको तयारी स्वरुप आजबाट पहिलो चरणको आन्दोलन सुरु भएको जनमत पार्टीले जनाएको छ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *