• Home
  • प्रदेश नं २
  • आउने चूनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने लोसपा युवा नेता साहको घोषणा
Image

आउने चूनावमा जसपाका अध्यक्ष उपेन्द्र यादव विरुद्ध उम्मेदवारी दिने लोसपा युवा नेता साहको घोषणा

कार्तिक ८ गते ।
जनककपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) नेपालका युवा नेता किशन साहले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव विरुद्ध आउने निर्वाचनमा उम्मेदवारी दिने क्षेत्रबाट आफु पनि त्यही क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका हन् ।

युवा नेता साहले उपेन्द्र यादवले नेपालको जुनसुकै कुनाबाट उम्मेदवारी दिएपनि त्यहिबाट आफु उम्मेदवारी दिएर निर्वाचन जितेर देखाउने दावी गरेका छन । उपेन्द्र यादवले पटक पटक जितेर पनि त्यस क्षेत्रका जनतालाई प्रत्यक्षरुपमा ठगी गर्दै आएको आरोप लगाउदै सानो तिनो काम दिएर जनतालाई ठग्दै आएका उनि अहिले सम्म सिन्को समेत भाच्न नसकेको साहको आरोप रहेको थियो ।

उनले भने,उपेन्द्र यादवको एकलजातीय कर्तुत र मधेशी जनता संग गर्दै आएको घातलार्ई मधेशी जनताले वुझी सकेको छ,अबको मधेशको नेतृत्व कार्यभार सम्हाल्ने जिम्मा युवालाई दिने आफु विश्वस्त रहेको ले उपेन्द्र यादवलाई परास्त गरेर देखाउने युवा नेता साहले दावी गरे ।

साहले आफनो चुनौती स्विकार गर्न तयार रहन चेतावनी दिदै
उनले उपेन्द्र यादव पहाडबाट नलडने पक्का नै हो र मधेशको जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिएपनि उनी विरुद्ध आफु पनि उम्मेदवारी दिएर भारी मतले विजयी हुने समेत दावी गरेका छन ।

लोसपाका युवा नेता साह राजेन्द्र महतो निकट रहेको वताइन्छ । उनि आफनो सानो उमेरमा नै राजनीतिमा लागेर आफनो ठुलै पकड वनाएको विभिन्न उदाहरणबाट देखिन्छ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *