Image

एन्ड्रोइडबाट आइफोनमा कसरी सार्ने फोन नम्बरहरु ?

२५ साउन, काठमाडौं । तपाई एन्ड्रोइड फोन चलाइरहनुभएको थियो र भर्खरै आइफोनमा स्थानान्तरण गर्दै हुनुहुन्छ भने तपाईले सुरुमा नित्तान्त नयाँ तथा केही कठिन अनुभव गर्नुपर्ने हुनसक्छ । एन्ड्रोइड भन्दा एप्पलको आइओएसको प्रणाली पूरै नवीन, विशिष्ठ तथा अलिक कठोर वा कसिलो पाउनुहुनेछ । तरपनि यदि तपाईले केही उपायहरु अपनाउन सक्नुभयो भने एन्ड्रोइडबाट आइफोनमा स्थानान्तरण अलिक सहज हुनेछ, खासगरी फोनमा रहेका डाटा ट्रान्सफरको सबालमा ।

यी दुई अपरेटिङ सिस्टमहरु पूर्ण रुपमा दुई अलग अलग प्रणाली रहेका भएपनि गुगल अकाउन्ट चाहीँ दुबैको साझा थलो बन्न सक्दछ, जसले तपाईलाई फोन नम्बर लगायतका डाटाहरु सार्न सहयोग पुग्न सक्दछ । साथै यो कामका लागि अन्य केही टूलहरु पनि विकाश गरिएका छन् ।

यसका लागि Move to iOS नामक एउटा एप छ । उक्त एप एप्पलले नै बनाएको हो र प्रयोगकर्तालाई डाटा स्थानान्तरण गर्न सहज बनाउनु नै यसको उद्देश्य हो । तपाईले आफ्नो आइफोन सेट गर्दैमा यो एप प्रयोग गर्न सक्नुहुन्छ । यसका अलावा साझा गुगल अकाउन्टका र VCF फाइलको रुपमा हातैले पनि फोन नम्बरहरु आइफोनमा सार्न सकिन्छ । एन्ड्रोइड फोनमा रहेको सिमकार्ड नै एप्पलमा हाल्नु चाहीँ अर्को अन्तिम उपाय हुनसक्दछ ।

Move to iOS Pk एप प्रयोग गरेर कसरी नम्बरहरु सार्ने ?

  •  आफ्नो एन्ड्रोइड फोनमा गुगल प्ले स्टोरबाट Move to iOS डाउनलोड गर्नुहोस्
  •  एप खोलेर Continue अप्सनमा ट्याप गर्नुहोस्
  •  त्यहाँ देखापर्ने Terms and Conditions खण्डमा रहेको Agree भन्ने बटनमा ट्याप गर्नुहोस्
  •  त्यसपछि एप तपाईको फोनको स्थानको जानकारी, सम्पर्क नम्बर, क्यालेन्डर, स्टोरेज, एसएमएस लगायतका चिजहरुमा पहुँचका लागि अनुमति माग्दछ, जुन तपाईले प्रदान गर्नुपर्ने हुन्छ ।
  •  त्यसपछि Find Your Code Screen नामक अप्सनमा Continue थिच्नुहोस् । तपाईले एउटा कोड हाल्नुपर्ने हुन्छ । जुन आइफोनबाट प्राप्त गरिनेछ ।
  •  त्यसपछि आफ्नो आइफोन सेटअप गर्न थाल्नुहोस् । सेटअप प्रोसेसमा तपाईले Move Data from Android नामक अप्सन देख्नुहुन्छ, जसलाई ट्याप गर्नुहोस् ।
  •  तपाईले १० वा ६ अंकको एउटा कोड प्राप्त गर्नुहुन्छ । त्यहीँ कोड तपाईले अघिल्लो एन्ड्रोइड फोनमा हाल्नुहोस् ।
  •  त्यसपछि तपाईले Transfer Data स्क्रिन देख्नुहुनेछ । त्यहाँ तपाईले ट्रान्सफर गर्न चाहेका सामाग्रीहरु छनोट गर्नुपर्ने हुन्छ । तपाईले आइफोन सार्न चाहेका अन्य डाटाहरुका अलावा Contacts पनि छनोट गर्नुहोस् र Next मा ट्याप गर्नुहोस् ।
  •  आइफोनमा लोडिङ पूरा नभएसम्मका लागि एन्ड्रोइड र आइफोन दुबैलाई केहीबेर यत्तिकै राख्नुहोस् ।
  •  जब लोडिङ बार पूरा हुन्छ तब एन्ड्रोइड फोनको म्यलभ अप्सनमा ट्याप गरी आइफोनमा Continue थिच्नुहोस् । यसो गर्दा आइफोनको सेटअप पूरा हुन्छ ।

गुगल अकाउन्ट प्रयोग गरी कसरी डाटा ट्रान्सफर गर्ने ?

  •  यसका लागि तपाईका सम्पर्क नम्बरहरु गुगल अकाउन्टमा सिन्क्रोनाइज्ड हुनै पर्दछ । त्यसैले कन्ट्याक्ट नम्बहरु गुगल अकाउन्टमा सिंक भए नभएको एकिन गर्नुहोस् । यसका लागि एन्ड्रोइड फोनको Settings मा जानुहोस् । यो प्रक्रियामा तपाईको फोन इन्टरनेटमा कनेक्ट भएकै हुनुपर्दछ ।
  •  Settings खण्डमा स्क्रोल डाउन गर्दै Accounts मा जानुहोस् र आफ्नो गुगल अकाउन्टमा ट्याप गर्नुहोस्
  •  त्यहाँ रहेको Account Sync अप्सनमा ट्याप गर्नुहोस् । त्यसपछि त्यहाँ रहेको तिनथोप्ले मेन्यूमा वा Contacts टोगल मात्रै यल गर्नुहोस् । तिनथोप्ले मेन्यूमा ट्याप गर्नुभयो भने तपाईका सबै डाटा सिंक हुन्छन् ।
  •  त्यसपछि आइफोनमा पनि Settings मा जानुहोस्
  •  त्यहाँ रहेको Mail ट्याप गरी Accounts मा पनि ट्याप गर्नुहोस्
  •  Add Accounts मा ट्याप गरी तपाईको एन्ड्रोइड फोनमा रहेको गुगल अकाउन्ट नै त्यहाँ हाल्नुहोस् । त्यसो गर्दा कन्ट्याक्ट टोगल खुल्ला हुनुपर्दछ ।
  •  त्यसो गर्दा तपाईका एन्ड्रोइड फोनमा रहेको कन्ट्याक्ट नम्बरहरु आइफोनमा देखिनेछन् ।

VCF फाइको प्रयोग गरी कसरी आइफोनमा नम्बरहरु सार्ने ?

  •  एन्ड्रोइड फोनमा Contacts एपमा जानुहोस्
  •  त्यहाँ रहेको गिएर आइकन तथा तिनथोप्ने मेन्यूमा गएर Iport/Export अप्सन छनोट गर्नुहोस्
  •  त्यहाँ तपाईले दुईवटा अप्सना देख्नुहुनेछ । ती मध्ये Export to .vcf file नामक अप्सनमा क्लिक गर्नुहोस् । यो अप्सन विभिन्न एन्ड्रोइड फोनहरुमा फरक फरक हुनसक्दछ ।
  •  यसो गर्दा तपाईको एन्ड्रोइड फोनको स्टोरेजमा कन्ट्याक्ट नम्बरहरुको VCF फाइल सिर्जना हुन्छ ।
  •  यो फाइललाई तपाईले आइट्युन्सको माध्यमबाट वा इमेलबाटै पनि पठाउन सक्नुहुन्छ र आइफोनमा डाउनलोड गर्न सक्नुहुन्छ ।
  •  आइफोनमा प्राप्त भएको ख्ऋँ फाइल खोल्नुहोस् । त्यसो गर्दा तपाईले Add all contacts भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा ट्याप गर्नुहोस् । तपाईका एन्ड्रोइड फोनका सबै कन्ट्याक्ट नम्बरहरु आइफोनमा देखिनेछन् ।

सिमकार्ड प्रयोग गरी कसरी सार्ने ?

  •  एन्ड्रोइड फोनमा Contacts एपमा गएर त्यहाँ रहेको गिएर आइकन वा तिनथोप्ने मेन्यूमा ट्याप गर्ने ।
  •  SIM card contacts भन्ने अप्सनमा ट्याप गर्ने । यदि तपाईको फोनमा दुईवटा सिमकार्ड छन् भने जुन सिमकार्ड तपाईले आइफोनमा प्रयोग गर्दै हुनुहुन्छ त्यसलाई छान्नुहोस् ।
  •  त्यहाँ रहेको तिनथोप्ले मेन्यूमा ट्याप गरी Import from phone अप्सन छान्नुहोस्
  •  त्यहाँ कुन कन्ट्याक्ट तपाईले फोनमा सार्न चाहनुहुन्छ भन्ने अप्सन छान्नुपर्ने हुन्छ । तपाईले सबै कन्ट्याक्ट नम्बर एकैपटक वा कतिपय कन्ट्याक्ट नम्बरहरु आफै छान्न पनि सक्नुहुन्छ । त्यसो गरिसकेपछि Done मा ट्याप गर्नुहोस् ।
  •  यो प्रक्रिया पूरा भैसकेपछि एन्ड्रोइड फोनको सिमकार्ड निकालेर आइफोनमा हाल्नुहोस् ।
  •  आइफोनमा Settings मा जानुहोस् र Contacts मा ट्याप गर्नुहोस्
  •  त्यहाँ रहेको Import SIM Contacts अप्सनमा ट्याप गरी प्रक्रिया पूरा हुन्जेल पर्खनुहोस्
  •  केहीबेरमा तपाईका एन्ड्रोइड फोनका ती सम्पर्क नम्बरहरु आइफोनमा देखिनेछन् ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ? हामी व्यग्र प्रतीक्षामा छौँ”- हर्क साम्पाङ !

“प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ हामी व्यग्र प्रतीक्षामा छौँ”हर्क साम्पाङ ! संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संसद्…

ByBySulav Rijal १ महिना अगाडि

८ मन्त्रालयको बजेट छलफलमा ३ मन्त्री मात्र संसद् १५ मिनेट स्थगित !

सम्बन्धित मन्त्रीहरू उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न…

ByBySulav Rijal १ महिना अगाडि

निर्वाचन आयोगको वेबसाइटमा ‘नेपाल फर नेपाली’ समूहबाट साइबर हमला!

नेपालको निर्वाचन आयोग (Election Commission) को वेबसाइटमा एक समूहले साइबर आक्रमण गरेको दाबी गरेको छ। आफूलाई ‘नेपाल फर…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *