• Home
  • Uncategorized
  • ट्राफिक प्रहरी कार्यालयले आज विहान गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परे
Image

ट्राफिक प्रहरी कार्यालयले आज विहान गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परे

काठमाडौं, १८ साउन 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज विहान गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । 

कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । 

आज विहान मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने  सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई ट्राफिक प्रहरीले होल्ड समेत गरेको छ । 

आरक्षण सिटको कार्यान्वयन नगर्ने ३९ ओटा माइक्रो तथा बसका चालकलाई ट्राफिक प्रहरीले आज कारबाही गरेको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने ५ ओटा माइक्रो र ३४ ओटा बसका चालकलाई कारबाही गरेको हो । 

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ६ दिन अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *