काठमाडौं, १८ साउन
गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका बैतडीका ७५० व्यक्तिहरूले निर्वाचन खर्चको विवरण बुझाएका छैनन् ।
निर्वाचनमा भाग लिएका एक हजार ४७६ उम्मेदवारमध्ये २८४ जनाको धरौटी जफत भए पनि एक हजार १९२ जनाले विवरण बुझाउनु पर्नेमा ४४२ जनाले मात्रै विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।
निर्वाचन सम्पन्न भएको एक महिनाभित्र उम्मेदवार भएका व्यक्तिले खर्चको विवरण बुझाउनुपर्ने भए पनि ७५० जनाले नबुझाएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीले जानकारी दिए ।
सबै उम्मेदवारहरूलाई स्थानीय तहमार्फत निर्वाचन खर्च विवरण बुुझाउन ताकेता गर्दा नबुझाएपछि प्राप्त विवरण निर्वाचन आयोगमा पठाइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विवरण नबुझाउने उम्मेदवारको नामावली आयोगमा पठाइएकोले आयोगको निर्देशनअनुसार कारबाही हुने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । बैतडीमा ४ नगरपालिका तथा ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।
निर्वाचन आयोगले नगरपालिकाका प्रमुख/उपप्रमुखले चार लाख ५० हजार र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले तीन लाख ५० हजार खर्च गर्न पाउने गरी खर्च सीमा तोकेको थियो ।
त्यसैगरी, नगरपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा दुई लाख रुपैयाँ खर्च गर्न पाउने र गाउँपालिकाका वडा अध्यक्ष र सदस्यको उम्मेदवारले बढीमा एक लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।

Latest News
पोखरामा बसको ठक्करबाट एक बृद्धाको मृत्यु
न्युज कारखाना कास्की, १८ साउन कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकमा आज बसको ठक्…
सप्तकोसी बाढीमा बसेका २४ सय घरपरिवारको अझै उद्धार भएन
ईश्वर तामाङ/न्युज कारखाना उदयपुर, १८ साउन सप्तकोसी नदीको बाँध फुटेर बाढी गाउँ पस्दा सुनसरी र उदय…
कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
न्युज कारखाना कपिलवस्तु, १८ साउन कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मो…
विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
न्युज कारखाना काठमाडौं, १८ साउन मुस्ताङ, स्याङ्जा, तनहुँ, ओखलढुंगा र कपिलवस्तुमा पाँच जना…














