• Home
  • अर्थ
  • एक वर्षमा नेपालमा भारतबाट तीन खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो
Image

एक वर्षमा नेपालमा भारतबाट तीन खर्बभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रियो

काठमाडौं । साउन ९ गते
नेपालमा गत आर्थिक वर्ष २०७८र७९ मा तीन खर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपी ग्यास भारतबाट भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको हो । उक्त अवधिमा कूल ३ खर्ब ५ अर्ब १७ करोड २५ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार गत आर्थिक वर्ष १ खर्ब ६८ अर्ब २३ करोड ३२ लाख ६८ हजार रुपैयाँको डिजेल, ७१ अर्ब ३८ करोड ८२ लाख ८८ हजार रुपैयाँको पेट्रोल र ६५ अर्ब ५५ करोड ९ लाख ७७ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १ खर्ब ४४ अर्ब ६२ करोड ८० लाख ७३ हजार रुपैयाँ बढीको पेट्रोल, डिजेल र एलपी ग्यास नेपाल भित्रिएको छ ।

Related Posts

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni ५२ मिनेट अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni ५५ मिनेट अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *