Image

मंकीपक्स, विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा

काठमाडौं । साउन ८ गते
मंकीपक्स प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । संसारभरका ७५ देशमाफैलिएपछि डब्लूएचओले मंकीपक्सलाई विश्व स्वास्थ्य आपत्काल घोषणा गरेको हो । संक्रमणका घटना बढेपछि डब्लूएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि सबैभन्दा उच्च तहको चेतावनी जारी गरिएको हो ।

विश्व स्वास्थ्य संगठन महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसले ७५ देशमा १६ हजारभन्दा धेरै केस रिपोर्ट गरिएको बताए । उनका अनुसार महामारीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

मंकीपक्सबाहेक अहिले कोभिड र पोलिओ उन्मुलनसम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपत्काल लागु छन् ।डा। टेड्रोसका अनुसार आपत्कालीन समितिमा मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भन्ने कि नभन्ने बारेमा सुरुमा एकमत हुन सकेको थिएन ।

तर, उनले यो प्रकोप विश्वभर द्रुत गतिमा फैलिएको र यो वास्तवमै अन्तर्राष्ट्रिय चासोको विषय भएको निर्णय गरिएको बताए ।मंकीपक्स भाइरसका कारण यो रोग लाग्छ । यो भाइस पहिलो पटक सन् १९५० मा मध्यअफ्रिकामा देखा परेको थियो ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ महिना अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni १ महिना अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *