• Home
  • समाचार
  • ब्राइट प्लसटू कलेजद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत
Image

ब्राइट प्लसटू कलेजद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत

वीरगंज – वीरगंज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूको संयोजनमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम आयोजना गरेको छ।

होटल भिष्वामा संस्कारपूर्ण शैलीमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरूबीच आपसी सद्भाव र मित्रता प्रवर्द्धन गर्ने उद्देश्यका साथै कार्यक्रमलाई रमाइलो बनाउन गीत, नृत्य तथा सांगीतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल रहेका थिए। त्यस्तै प्रहरी नायब उपरीक्षक राजु कार्की, मानवसेवा आश्रमका देवेश मानवसेवा र शरण गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रम कलेजका संस्थापक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

वक्ताहरूले कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुँदै विद्यार्थी तथा अभिभावकमाझ लोकप्रियता हासिल गरेको उल्लेख गरे। नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै संस्थापक गुप्ताले भने,
“हामीले यस कलेजमा विद्यार्थीहरूलाई ज्ञानसँगै संस्कार र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण तयार पार्न ध्यान दिएका छौँ।”

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने र आपसी सद्भावसहित भविष्यका लागि तयार पार्ने उद्देश्य रहेको कलेजका अखिल पटेलले जानकारी दिए।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ७ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ७ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *