• Home
  • समाचार
  • ब्राइट प्लसटू कलेजद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत
Image

ब्राइट प्लसटू कलेजद्वारा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको स्वागत

वीरगंज – वीरगंज–९ स्थित जिल्ला प्रशासन कार्यालय नजिकै रहेको ब्राइट +२ कलेजले कक्षा १२ का विद्यार्थीहरूको संयोजनमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत कार्यक्रम आयोजना गरेको छ।

होटल भिष्वामा संस्कारपूर्ण शैलीमा सम्पन्न सो कार्यक्रममा विद्यार्थीहरूबीच आपसी सद्भाव र मित्रता प्रवर्द्धन गर्ने उद्देश्यका साथै कार्यक्रमलाई रमाइलो बनाउन गीत, नृत्य तथा सांगीतिक प्रस्तुतिहरू समेत समावेश गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल रहेका थिए। त्यस्तै प्रहरी नायब उपरीक्षक राजु कार्की, मानवसेवा आश्रमका देवेश मानवसेवा र शरण गुप्ता विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रम कलेजका संस्थापक मुकेश गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कलेजका शिक्षक–शिक्षिका, विभिन्न संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

वक्ताहरूले कलेजले छोटो अवधिमै शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुँदै विद्यार्थी तथा अभिभावकमाझ लोकप्रियता हासिल गरेको उल्लेख गरे। नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै संस्थापक गुप्ताले भने,
“हामीले यस कलेजमा विद्यार्थीहरूलाई ज्ञानसँगै संस्कार र सिर्जनात्मक गतिविधिमा सहभागी गराउने वातावरण तयार पार्न ध्यान दिएका छौँ।”

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास वृद्धि गर्ने र आपसी सद्भावसहित भविष्यका लागि तयार पार्ने उद्देश्य रहेको कलेजका अखिल पटेलले जानकारी दिए।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ४ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *