• Home
  • ताजा समाचार
  • ८१ वर्षीय तुलसीराम भन्छन्- पार्टी जोगाउन लाग्दा छोरा-नाति जोगाउन सकिनँ
Image

८१ वर्षीय तुलसीराम भन्छन्- पार्टी जोगाउन लाग्दा छोरा-नाति जोगाउन सकिनँ

काठमाडौं, १ मंसिर 

यतिबेला देशभर चुनावी माहोल छ । चिया पसलदेखि मिडियासम्म चुनावको चर्चा चुलिएको छ । निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरूलाई मत माग्न भ्याईनभ्याइ छ । 

मोरङ सुन्दरहरैंचाका ८१ वर्षीय तुलसीराम सिटौलाको गुनासो भने फरक छ । उनी जीवनभर पार्टीका लागि काम गर्दा पार्टी जोगिएको, तर आफ्ना छोरा नाति जोगाउन नसकेको गुनासो गर्छन् । ‘सक्दासम्म पार्टी पार्टी भनेर कुदियो । छोरो अझै पार्टी नै भनेर हिँड्दै छ । तर नातिहरूलाई देशमै बस्ने वातावरण सिर्जना गराउन सकिनँ । खै कसको लागि राजनीति भइरहेको छ ?’ उनले भने ।

सिटौलाले नेताहरूले जितेपछि जनतालाई बेवास्ता गर्ने प्रवृत्तिप्रति खेद व्यक्त गरेका छन् । उनी भन्छन्, ‘चुनाव अगाडि नेतासँग हिँड्नु दौडनु बेकार रहेछ । जितेपछि फर्किएर हेर्दैनन् । हामी बुढाहरूको पुस्ताले पार्टी नहेरेर व्यक्ति हेरेको भए ऐले मेरा नाति नातिनी मसँगै त हुने थिए । पार्टी बचाएर जीवनभर उपेक्षाबाहेक केही पाइएन बाबु । अब त नयाँ अनुहारलाई मौका दिने हो,’ उनले भने । 

सिटौलाले थपे राणा शासन, पञ्चायत, लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र सबै देखेको उल्लेख गर्दै  देशको मुहार परिवर्तन भएको देख्न नपाइने हो कि भन्ने चिन्ता रहेको बताए । ‘हुन त म आफै इतिहास हुन लागें, तर यो देशको इतिहासमा अहिले जसरी युवा जागेको देखेको थिइनँ । अति भएपछि खती हुन्छ भन्थे हो रहेछ । यो अति भएपछि युवा जागेका हुन् । म त खुसी छु, यो मेरा लागि अन्तिम मतदान पनि हुनसक्छ तर अन्तिममा भए पनि राम्रो व्यक्तिलाई छान्न पाउने भएँ,’ उनले भने ।

उनको क्षेत्र मोरङ ३ मा नेपाली कांग्रेसका डा.सुनिल शर्मा, एमालेका भानुभक्त ढकाल, राप्रपाकी रेखा थापा प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् ।
 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *