Trending

२ वर्षपछि खुले फिलिपिन्सका विद्यालय

820Views
0 Shares

मनिला, ७ भदौ

जोनास डोइने फिलिपिन्सको एउटा विद्यालयमा कक्षा ३ मा पढ्छन् । अझै पनि उनी कहिल्यै विद्यालय जान पाएका छैनन् । उनले कहिल्यै पनि हात उठाएर शिक्षकलाई प्रश्न सोध्न सोधेका छैनन् । नत साथीको छेउमा बसेका छन् । विद्यालय पोसाक त लगाएकै छैनन् । फिलिपिन्समा सरकारले कोभिड रोक्न विश्वको सबैभन्दा लामो तालाबन्दी लगाएको थियो जसका कारण उनीसहित २ करोड ७० लाख विद्यार्थी दुई वर्षदेखि अनलाइन अध्ययन गरेका थिए । 

तर, सरकारले कक्षा सञ्चालन गर्ने घोषणा गरेसँगै सोमबारबाट भौतिक रूपमा विद्यालय सञ्चालन भएका छन् । कोभिडका कारण सन् २०२० को मार्चदेखि देशका अधिकांश विद्यालय बन्द रहेका थिए । 

लामो समय विद्यालय सञ्चालन नहुँदा विज्ञहरुले देशमा शैक्षिक क्षेत्रमा संकट निम्त्एिको भन्दै सरकारलाई विद्यालय सञ्चालन गर्न सुझा दिँदै आएका थिए ।
फिलिपिन्स दक्षिणपूर्व एसियामा महामारीबाट सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक थियो । तत्कालीन राष्ट्रपति रोड्रिगो दुतेर्तेले लामो कोरोनाभाइरस तालाबन्दी घोषणा गरेका थिए, जसका कारण विद्यालय प्रभावित भएका थिए ।

लामो समयसम्म विद्यालय बन्द हुँदा फिलिपिन्सका बालबालिकाहरूमा साक्षरता दर घट्न सक्ने डर पैदा भएको थियो । विद्यालय बन्द हुँदा े धेरै विद्यार्थीहरूले सीप गुमाएको फिलिपिन्समा सरोकारवाला शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलले बताए ।
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय