Image

२५ न.वडामा २महिने सिलाइ कटाइ तालिम सम्पन्न ।


आज एक कार्यक्रम बिच दुई महिने सिलाइ कटाइ तालिमको प्रमाण पत्र बितरण गरि तालिम समापन भएको छ।सरिता सीप कला केन्द्र बीरगंजको आयोजना र बीरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा रहेको तालिमको समापन समारोहका प्रमुख अतिथि वडा अध्यक्ष आशुतोष चतुर्बेदीले आफ्नो वडाका महिलाहरुको क्षमता विकास संगै आर्यआर्जन टेवा पुर्याउने उदेश्यले तालिम आयोजना भएकोमा अब तालिमबाट सिकेको सीप सदुपयोग हुने धारणा राख्नुभयो,घरमा महिलाहरु यतिकै बस्नुपरेको अवस्थामा सिपबाट घर ब्यवहारमा मद्द्त पुग्ने भएकोले तालिमबाट सिकेको सीपलाइ ब्यवहारमा ल्याउन वडा अध्यक्ष चतुर्बेदीले आग्रह गर्नु भएको थियो।तालिमको समापन समारोहमा वडा सचिव हरेराम चौधरी ,वडा सदस्य जगदिश साह तुरहा ,महिला वडा सदस्य फुलेनिया देवी,बँका पटेल,बृजमोहन प्रसाद , प्रशिक्षक राधा चौधरी ,स.प्रशिक्षक पुनम देवि,साहिना खातुन लगायतको उपस्थितीमा कक्षा दुई सिफ्टमा ३० जना महिलाहरुको सहभागी रहेको थियो।सरिता सीप कला केन्द्र बीरगंजका अध्यक्ष सरिता गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको हो कार्यक्रमको सहजिरण बंशीधर गुप्ताले गरेका थिए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ३ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *