• Home
  • ताजा समाचार
  • २५ न.वडामा कम्प्युटर एकाउन्टिङ्ग प्याकेज/ लेखा तालिम उद्घाटन।
Image

२५ न.वडामा कम्प्युटर एकाउन्टिङ्ग प्याकेज/ लेखा तालिम उद्घाटन।


मंसीर १५ गते
आज एक कार्यक्रमबिच २५ न.वडाका विधार्थीहरुलाइ दुइ महिने एकाउन्टिङ प्याकेज / लेखा तालिम उद्घाटन भएको छ।यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशनको आयोजना र बिरगंज महानगरपालिका २५न. वडा कार्यालयको सहयोगमा तालिम उद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि कार्यबाहक वडा अध्यक्ष जगदिश साहले आफ्नो वडाका बिधार्थी भाइ बहिनीहरुको क्षमता विकास संगै आर्यआर्जनमा टेवा पुर्याउने उदेश्यले तालिम आयोजना गरेको बताए। बर्तमान समयमा कम्प्युटर प्रबिधिको महत्व रहेकोले सिकेको सिपबाट व्यपार ब्यबसाय तथा अन्य रोजगार गर्न वडाका बिधार्थीहरुको क्षमता अभिबृद्धिमा मद्दत पुग्ने ऊद्देश्यले तालिमलाइ निरन्तरता दिएको बताउनु थियो।तालिमको उद्घाटन समारोहमा वडा सचिव हरेराम चौधरी,सिकन्द्र गुप्ता,फुलेनिया देबि,गोबिन्द्र पटेल तालिम प्रशिक्षक बंशीधर गुप्ता,पवन यादव लगायत तालिममा २० जना विधार्थीहरुको सहभागीता रहेको थियो।कार्यक्रम अध्यक्ष बंशीधर गुप्ताको अध्यक्षतामा कार्यक्रम उद्घाटन भएको थियो।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *