Image

२५ जना सवार विद्यार्थी चढेको डुंगा पल्टियो 

दाङ, २ भदाै 

दाङमा विद्यार्थी बोकेको डुंगा दुर्दटना भएको छ । राप्ती नदी तरिरहेको विद्यर्थी बाेकेको डुंगा दुर्घटना हुँदा विद्यार्थीहरू घाइतेसमेत भएका छन् ।  ७ जनाको क्षमता भएको डुंगामा २५ जना बसेर नदी पार गर्न खोज्दा ओभर लोडले डुंगा पल्टिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले बताइन् ।

क्षमताभन्दा बढी यात्रु सवार रहेकाले ओभरलोडले पल्टिएको देखिएकाे उनले बताए । लमही नगरपालिका-९ तरुलियाबाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७मा रहेको मावि सिक्टामा अध्ययनरत कक्षा ६, ७ र ८ कक्षाका विद्याथीहरू सवार डुंगा दुर्घटनामा परेको हो । 

दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले विद्यालय समयमा डुंगा पल्टिदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले बढी पानी खाएका कारण उपचार भइरहेको बताए । 

लमही नगरपालिका- ९ तरूलियाका सिक्टा माविमा  कक्षा ६ मा अध्यनरत १३ वर्षीय मनिष विक, १२ वर्षीया रीमा राम्जाली, कक्षा ९ मा अध्ययनरत १६ वर्षीय सन्दीप विकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

Related Posts

पाल्पाको गौरव योजना डुम्रे-होलाङ्दी सडक : गुणस्तरहीन काम र ढिलाइका कारण स्थानीय आक्रोशित

तानसेन, पाल्पा । पाल्पाको डुम्रे-गुफाचौर-होलाङ्दी सडक स्तरोन्नतिका लागि भएको सम्झौताको अवधि सकिँदा पनि काम नसकिएपछि तानसेन नगरपालिकाले तेस्रो…

ByByanjana soni ९ महिना अगाडि

लायन्स क्लब जिल्ला 325P को लाब. 2025–26 स्कुलिङ कार्यक्रम दोस्रो दिन सफलता साथ सम्पन्न

  भैरहवा, जेठ ११, २०८२ — लायन्स क्लब इन्टरनेशनल जिल्ला ३२५ पी, नेपालको स्कुलिङ कार्यक्रम २०२५–२६ टाइगर प्यालेस…

ByByYOUTV Nepal १ वर्ष अगाडि

दाङमा बसभित्र ७३ वर्षीष वृद्धामाथि सामूहिक बलात्कार

दाङ, ५ साउन । दाङमा ७३ वर्षीया एक वृद्ध महिलालाई बसभित्र सामूहिक बलात्कार गरेको आरोप दुई जना पक्राउ…

ByByYoutv Nepal NEPAL ३ वर्ष अगाडि

जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

पाल्पा, ५ साउन । रैनादेबीछहारा गाउँपालिका-४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-४ छहरा…

ByByYoutv Nepal NEPAL ३ वर्ष अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *