• Home
  • खेलकुद
  • ११२०० नम्बरका टिकटबाहकले पाए विश्वकप हेर्ने माैका, एन्फामा सम्पर्क गर्न आग्रह
Image

११२०० नम्बरका टिकटबाहकले पाए विश्वकप हेर्ने माैका, एन्फामा सम्पर्क गर्न आग्रह

१ मंसिर, काठमाडौं 

बुधबार नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण फुटबल हेर्ने एकजना टिकटबाहकले विश्वकप हेर्ने आवसर पाएका छन् ।

हिजो (बुधबार) भएको खेलमा करिव ७ हजार दर्शक उपस्थित रहेकोमा ४ हजार ९०० टिकट विक्री भएको थियो ।

विक्री टिकट मध्येबाट विहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) केन्द्रीय कार्यालयको सभाहलमा लक्की ड्र गर्दा  विश्वकप अन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेल हेर्ने अवसर ११२०० नम्बरका टिकटबाहकले पाउने भएका हुन् ।

विश्वकपको समूह जी मा रहेका ब्राजिल र क्यामरुनबीचको खेल मंसिर १६ गते हुनेछ ।एन्फा प्रवक्ता सुरेश शाहले लक्की ट्रका विजेतालाई एन्फामा सम्पर्क गर्न आग्रह गरेका छन् । नेपाल पाकिस्तान मैत्रीपूर्ण फुटबलको टिकेटिङ अधिकार फुटसल भिलेज नेपालले पाएको थियो । रंगशालामा दर्शक आकर्षित गर्न उसैले विजेतालाई विश्वकप टिकटको स्किम ल्याएको थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *