• Home
  • Uncategorized
  • होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ !! Dr. प्रतिक्षा भण्डारी
Image

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ !! Dr. प्रतिक्षा भण्डारी

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ                                                                             Dr. प्रतिक्षा भण्डारी

[the_ad id=”1166″]

मानिसहरूले होलीको दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ हालेर एक अर्कालाई रङ्गिन बनाउँछन्। होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ। होली खेल्ने दिनभन्दा एक दिनअघिको रात होलीका दहन गरिन्छ। राति होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ। स-साना नानीहरूदेखि वृद्धवृद्धासम्म सबै होलीको मजा गर्छन्।

[the_ad id=”1853″]

युवायुवतीहरू गीत गाउँदै, नाच्दै होली खेल्छन्। भनिन्छ कि, होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुश्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन्। फाल्गुण महिनामा मनाउने भएकोले यस पर्वलाई ’फगुआ’ पनि भनिन्छ। होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणिणर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हुल तथा जत्थाहरू हातमा रङ र रङ्गिन झोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसइबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गिन पर्वको रूपमा लिइन्छ।

[the_ad id=”1852″]

बालबालिकाले पिच्करी अनि सना-साना बेलुनहरुका साथमा मज्जा लिन्छन्। फेरि पिच्करी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काटेर त्यसका ढोडबाट बनाइएका पिच्करीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोतलबाट बनाइएका पिच्करीहरु पनि हुन्छन्, वयस्कका लागि होली रङ अनि भ्रातृत्व र साहसको पर्व हो। होली खुसीको पर्व हो।

[the_ad id=”1174″]

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ। त्यसैले रमाइलो गर्ने क्रममा रङ जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्। होली पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ। अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छ।

[the_ad id=”1351″]

होलीमा उपयोग गरिने रङ, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ। त्यसैले रङ वा अबिर मुख, आँखा वा कानमा नपसोस भनेर सचेत हुन जरुरी छ। होली खेलेपछि धेरैजसो व्यक्तिमा छाला पोल्ने वा छालाको रङ परिवर्तन हुने वा छाला सुख्खा हुने समस्या देखिने हुन्छ। रङहरुमा मिसाइएको विभिन्न रसायनले छालाको भित्री सतहलाईसमेत क्षति पुर्याउने गर्दछ। होलीको रङहरुमा वाइल कलर, केमिकल डाई तथा अन्य विषाक्त पदार्थ हुने भएकाले रङ खेल्दा होस गर्नुपर्छ। यी रसायनहरू मानव स्वास्थ्यका लागि अति हानिकारक हुन्छन्।

धेरैजसो रङमा ’हेभी मेटल्स’ र विषाक्त पदार्थ हुन्छ। रङले आँखामा एलर्जी वा अस्थायी अन्धोपन निम्त्याउन सक्छ। छाला रोग पनि हुन सक्छ। चम्किलो रङ क्यान्सरको कारक हुन सक्छ।अबिरमा एसबेस्टस र अभ्रखसमेत मिसाइन्छ। त्यसैले यो हानिकारक हुन्छ। अबिरले खेलाउँदा दम वा छाला र आँखामा जलन र संक्रमण हुनसक्छ। छाला चिलाउने वा पोल्ने, एक्जिमा देखिने हुनसक्छ। डन्डीफोर भएकाहरूलाई रासायनिक रङले झन् समस्यामा पार्न सक्छ।

मानिसको शरिरको सबै भन्दा संवेदनशील अंग हो, आँखा । होलीको रंगको प्रयोग भइरहदा सकेसम्म आँखा चिम्लनु पर्छ । अथवा आँखामा रंग परेको अवस्थामा तुरुन्तै पानीले सफा गर्नुपर्छ । गगल्सको प्रयोग पनि गर्न सकिन्छ । गगल्समा स्टाइलिस्ट त देखिन्छन् नै, साथै आँखा पनि सुरक्षित हुन्छ । होली खेल्दा सबैभन्दा बढी आँखामा रङ जाने पाइन्छ। त्यसले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रङले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्याउँछ। यो सेतो भागमा रङले गर्दा रातोपना र घाउ हुन सक्छ।

कसरी बचाउने

होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रङ/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ। टोपी लगाउनुपर्छ। यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ। यसरी रङ छालाभित्र जान पाउँदैन।

कपालमा तेल दल्नु पर्छ र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ। अ‘ाखालाई रंगबाट जोगाउन चस्मा लगाउनु पर्छ ।रंगको कारणले अ‘ाखा चिलाउने एर्लजी हुनसक्छ । रातो हुनसक्छ ।अ‘ासु बहन सक्छ ! यसो भएको खण्डमा असर नहुने गरि चिसो पानीले राम्रोसंग अ‘ाखा पखाल्नु पर्छ ।

यदि तपाईंको होलीको रङले कुनै नराम्रो असर परेको खण्डमा डाक्टरसँग सल्लाह लिनु जरुरी छ। शरिरका अन्य अंगलाई गाह्रो पुराउने भएकाले ऑखालाई विशेष ध्यान दिनुपर्छ । अ‘ाखा नै हो पहिलो प्राथमिकता ।

Related Posts

रेनातादेखि दीपा सिटौलासम्म, पाँच प्रतिभाको शिरमा ‘ब्राइडल क्विन २०२६’को ताज

  काठमाडौं । नेपाली मौलिकता, संस्कृति, परम्परा र आधुनिक फेसनको अनुपम संगम बनेको ब्राइडल कउचर रनवे २०२६ –…

ByByanjana soni २ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *