• Home
  • Uncategorized
  • हाईलाईफले ल्यायो उपहारै उपहार, बाइक, स्कुटर जित्ने सुवर्ण अवसर!!
Image

हाईलाईफले ल्यायो उपहारै उपहार, बाइक, स्कुटर जित्ने सुवर्ण अवसर!!

व्यावसायिक उत्पादन सुरु गरेको छोटो समयमा उपभोक्ता माझ पहिलो रोजाइ बन्न सफल हाईलाईफले आफ्ना खुद्रा व्यापारीका लागि बम्पर उपहार अन्तर्गत हाईलाईफ लक्की ड्र योजना सार्वजनिक गरेको छ । जसमा हाईलाईफका चिउरा बिक्री गर्ने खुद्रा तथा होलसेल व्यापारीहरूले स्कुटर, बाइक र ल्यापटप देखि हात खाली नजाने उपहार जित्न सक्नेछन् ।

हाईलाईफ ब्राण्डका विभिन्न साइजका चिउरा खरिद गर्दा प्रथम पुरस्कार स्वरुप २ जना ग्राहकले १५० सिसी क्षमता भएको पल्सर बाइक जित्न सक्नेछन् । दोस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले होण्डा स्कुटर जित्न सक्नेछन् भने तेस्रो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले १ टन क्षमता भएको एलजी एसी जित्न सक्नेछन् । साथै चौथो उपहार स्वरुप २ जना भाग्यशाली विजेताले २५३ लिटरको सामसुङ ब्राण्डको फ्रिज र पाँचौ उपहार स्वरुप ३ जना भाग्यशाली विजेताले लेनोभो ब्राण्डको ल्यापटप र सान्त्वना उपहार स्वरुप १० जना भाग्यशाली विजेताले अन्य थुप्रै हाईलाईफको सामनहरु प्राप्त गर्ने सक्ने छन् ।

योजना अन्तर्गत हाईलाईफ कुरुम कुरुम चिउराको प्रत्येक कार्टुनको खरिदमा (एक केजीमा ३ वटा लक्की ड्र कुपन पाउनेछन् । साथै ७०० ग्रामको कार्टुन खरिदमा २ वटा लक्की ड्र कुपन र ४५० ग्रामको कार्टुन खरिदमा एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन् । हात खाली नजाने गरी यसरी जम्मा भएका २५ वटा कुपन बराबर ग्राहकले नगद रु ५०० प्राप्त गर्न सक्नेछन् ।

यो योजना २०७९ फागुन १५ गतेदेखि २०८० असार १५ गतेसम्म लागू हुनेछ । योजनामा भाग लिनका लागि कुपनमा दिएको विवरण भरी उक्त कुपनको फोटो सोही अवधिभित्र हाईलाईफको आधिकारिक भाइवर वा ह्वाट्सएप नम्बर ९८०२३०२१८६ मा पठाउनुका साथै सक्कल कुपन सुरक्षित राख्नुपर्नेछ । यो योजना तोकिएको मितिपछि लागू हुने छैन । लक्की ड्रको नतिजा २०८० साउन २० गते शनिबार हाईलाईफ फुड्सको आधिकारिक फेसबुक पेज @hilifefoodsnepal मा प्रत्यक्ष रुपमा खोलिनुका साथै विजेताको नाम घोषणा गरिनेछ ।

हाईलाईफ ब्राण्ड अन्तर्गत उत्पादित कर्नफ्लेक्स, चिउरा, ओट्स, जाम, सोयाबिन, बेसन, केचप, पास्ता, पापड लगायतका विभिन्न प्रोडक्टहरु उपभोक्ता माझ लोकप्रिय छन् ।

साथै हाईलाइफ़ चीजबल्स तथा बिभिन्न स्वादमा बेक्ड इस्न्याक्सहरू पनि चाडै बजारमा आउदैछ ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni ४ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *