• Home
  • अन्तराष्ट्रिय खबर
  • हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाईमा पर्ने कम्पनी
Image

हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाईमा पर्ने कम्पनी

काठमाडौं । हाइलाइफ ब्राण्डका नेपाली उत्पादन अष्ट्रेलियामा बिक्री वितरण हुने भएको छ । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडले अष्ट्रेलियाको लागि आफ्नो आधिकारिक बिक्रेतामा निलगिरी ग्रुप  ( Nilgiri group Pty. Ltd.)लाई नियुक्त गरेको छ ।

निलगिरी ग्रुपका हेड अफ सेल्स एण्ड इन्टरनेशनल सोर्सिङ सचिन पोखरेलको उपस्थितिमा सम्झौता गरिएको हो । निलगिरी आधिकारिक बिक्रेता नियुक्त भएसँगै हाइलाइफका नेपाली उत्पादन अष्ट्रेलियामा निर्यात सुरु भएको छ ।

हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल छन् । अब अष्ट्रेलियामा पनि हाइलाइफका प्रडक्ट धेरैको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ । ‘अष्ट्रेलियामा धेरै नेपालीहरु बसोबास गर्ने भएकाले नेपाली प्रडक्टले अझ बढी माया पाउनेमा हामी विश्वस्त छौं,’ निलगिरी ग्रुपका लागि नेपालका कन्ट्री म्यानेजर अञ्जु बरालले जानकारी दिइन् ।

हाइलाइफ नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हो । हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको कम्पनीले जनाएको छ । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्क मार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको छ ।

हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा उपलब्ध गराइसकेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ ।

निलगिरीले पहिलो चरणमा अष्ट्रेलियाका लागि हाइलाइफका उत्पादन निर्यात गरिसकेको छ । आगामी दिनमा त्यहाँको आवश्यकता अनुसार निर्यात गर्ने बरालले जानकारी दिइन् । ‘नेपाली ब्राण्ड निर्यात हुँदा देशको व्यापार घाटा घटाउन योगदान पुग्छ र नेपाली प्रडक्ट विदेशमा पुग्नेछ,’ उनले भनिन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *