• Home
  • प्रदेश नं १
  • हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु
Image

हलेसी तुवाचुङमा इएमटीसहितको एम्बुलेन्स सेवा सुरु

खोटाङ, १ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले राष्ट्रिय एम्बूलेन्स निर्देशिका २०७८ बमोजिम ‘ख’ वर्गको एम्बुलेन्स सेवा सुरु गरेको छ । नगरभित्रका नागरिकलाई सहज तरिकाले स्वास्थ्य सँस्थासम्म पुर्‍याउन र ल्याउनका लागि नगरपालिकाले निर्देशिकाले तोके बमोजिमको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

संघ र प्रदेश स्वास्थ्य मन्त्रालयले जिपिएस जडान गरेको एम्बुलेन्समा अनिवार्य एकजना इमरजेन्सी मेडिकल टेक्नेसियन रहने व्यवस्था मिलाइएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले बताए ।

एम्बुलेन्स निर्देशिका बमोजिमको एम्बुलेन्समा आवश्यक उपकरण, अक्सिजन, औषधिसहितको इमरजेन्सी मेडिकल टेक्नेसियनको व्यवस्था गरिएको छ । इमरजेन्सी मेडिकल टेक्नेसियनको निगरानीमा बिरामीलाई अस्पताल लैजाने सुविधा सहितको एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ । जिल्लामा अधिकांश एम्बुलेन्स निर्देशिका बमोजिमका छैनन् ।

अन्य बिरामीलाई शुल्क लागे पनि नगरभरीका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क पुर्‍याउने व्यवस्था मिलाइएको छ । नगरका ११ वडामा रहेको बर्थिङ सेन्टरमा लगेको अवस्थामा रेफर भएका गर्भवती र सुत्केरीलाई रेफरर अस्पतालसम्म निःशुल्क लैजाने व्यवस्था मिलाइएको हो ।

संरक्षक बिहिन नगरवासी र अन्यत्रबाट आएर नगरमा अलपत्र परेका व्यक्तिलाई समेत एम्बुलेन्समार्फत निःशुल्क नगर अस्पताल वा जिल्ला अस्पताल लगिने स्वास्थ्य शाखा संयोजक घिमिरेले बताए । त्रि–धार्मिकस्थल हलेसीमा एक्लै आएकोबेला बिरामी परेका व्यक्तिलाई समेत निःशुल्क एम्बुलेन्स सेवा लक्षित गरिएको हो । २७ जेठदेखि सञ्चालनमा ल्याइएको एम्बुलेन्सबाट एक सुत्केरीसहित चारजनाले सेवा लिइसकेका छन् । 

बाढी, पहिरो, दुर्घट्ना जस्ता विपत्तीको समयमा समेत प्रयोग गर्नेगरी एम्बुलेन्समा मन्त्रालयको जिपिएस ट्रयाकिङ सिस्टम राखिएको हो । जिपिएस ट्रयाकिङबाट एम्बूलेन्स रहेको स्थानबारे थाहा हुने र विपत्तीका बेला नजिक पर्ने स्थानमा पठाएर उपयोग गर्न मिल्नेगरी जिपिएस ट्रयाकिङ सिस्टम राखिएको हो । 

Related Posts

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर महानगरपालिका–१५ स्थित मलाया रोडमा मकै बोकेको भारतीय ट्रक ओभरलोडका कारण सडकछेउ ढल्किएर दुर्घटनाको जोखिममा परेको छ।

BR 50 G 9719 नम्बरको उक्त ट्रक डेबी स्कुलअगाडि सडक किनारातर्फ झुकेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। घटनामा…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *