• Home
  • ताजा समाचार
  • स्वतन्त्र उम्मेदवार पटेललाई मतदाताले लगाए बिजयीको टिक्का
Image

स्वतन्त्र उम्मेदवार पटेललाई मतदाताले लगाए बिजयीको टिक्का


पर्सा, २६ कात्तिक / पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ (क)का जनताले स्वतन्त्र उम्मेदवार पटेललाई अग्रिम जितको शुभकामना सहित टिक्का लगाएका छन । निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेलले शनिवार गरेको घरदैलोमा मतदाताहरुले अग्रिम जितको शुभकामना सहित टिक्का लगाएका हुन ।
निर्वाचनको समयमा ठुलो ठुलो भाषण गर्ने पार्टीका नेताहरु हालसम्म यस क्षेत्रको विकासको निम्ति केही गर्न नसकेको आरोप लगाउदै मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा स्वतन्त्र युवा उम्मेदवार सुधिर पटेललाई निर्वाचित गराउने वाचा संगै मतदाताहरुले अग्रिम जितको शुभकामना सहित टिक्का लगाएका छन । निर्वाचनको समयमा घरदैलो गर्दै यस क्षेत्रको विकास गर्ने वाचा संगै निर्वाचित हुने नेताहरु दोहरयाएर उक्त क्षेत्रमा आउने नगरेको कारण यसपालि स्वतन्त्र उम्मेदवार पटेललाई रोजने मतदाताहरु बताउछन ।
शनिवार पर्सा जिल्लाको क्षेत्र नम्बर १(क) मा पर्ने बेलवा, भेडियाही, नयाटोला, गुलरीया, मिलनचौक लगायतको ठाउमा स्वतन्त्र युवा उम्मेदवार घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए । स्वतन्त्र उम्मेदवार पटेलको घरदैलो कार्यक्रममा दिनप्रति बढ्दै गएको सहभागिताले विजयी हुने निश्चित देखिन थालिएको छ ।
एक जना मतदाताका अनुसार यस क्षेत्रका जनताको लागि, पठन पाठनको लागि, विकासको लागि, युवा समाजको लागि, कृषकहरुका लागि निरन्तर अवाज उठाउदै आएका युवा नेता सुधिर पटेल बाहेक यस क्षेत्रमा कुनै बिकल्प नरहेको बताए । आफ्नो कार्यकाल जस्तो सुकै गुज्रिरहेपनि आफ्नो पिडिको विकास, आफ्नो समाजको विकास, बिधार्थीहरुको विकास, कृषकहरुका विकासका लागि स्वतन्त्र युवा उम्मेदवार सुधिर पटेललाई नै रोजने एक वृद्धले क्षेत्र नम्बर १ (क) जनतालाई आग्रह गरे ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *