Trending

स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका सुधिरको चुनाव चिन्ह रिक्सा

1.8kViews
0 Shares


पर्सा– पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा स्वतन्त्र उम्मेदवार सुधिर पटेल मतदाताको मन जित्न सफल हुँदै गएका छन् । १८ वर्षदेखि विद्यार्थी राजनीतिको सुरुवात गरि तत्कालीन विद्यार्थी आन्दोलन देखि प्रजातान्त्रिक आन्दोलन समेतमा अग्रगामी भूमिका खेल्दै आएका सुधिर पटेलले विद्यार्थी, तरुण, युवा तथा अग्रजहरुको सुख, दुख र समस्यामा विगत देखि नै डटेर सहयोग गर्दै आएकाले अहिले चुनावमा सुधिरलाई मतादाताले मनमा राखेका हुन् ।

घर दैलोमा पुग्दा सुधिरलाई सघाउन युवाहरु उनीसँगै जोडिने गरेका छन् । अग्रहजहरुले जीतको शुभकामना दिँदै आर्शिवाद दिने गरेका छन् । पर्साको प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (क) मा गठबन्धनको बिरुद्ध र आफ्नो क्षेत्रका लागि सक्षम विकल्पको रुपमा सुधिरले प्रदेश सभा सदस्यको लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रायः दिनहुं जनताको घरदैलो पुग्ने सुधिर यसपाली मतदाताले परिवर्तन खोजेको बताउंदै पटक–पटक चुनावमा पराजित हुने, चुनाव जितेर आफ्नो क्षेत्रको विकास तर्फ ध्यानै नदिई व्यक्तिगत स्वार्थ सिद्ध गर्न कुनै पनि कदम चाल्न नहिचकिचाउने नेताहरुलाई यसपाली मतदाताले राम्रै पाठ पढाउने तयारी गरेको उनले दाबी गरे ।

पर्सेली जनताको लागि आफू कुनैपनि बेला तयार रहने बाचाका साथ आफु चुनावी मैदानम उत्रेको उनको जिकिर छ । यूवा देशका मेरुदण्ड हुन् । यूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन ।

राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्षेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ । स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रेका सुधिरको चुनाव चिन्ह रिक्सा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय