• Home
  • ताजा समाचार
  • स्वतन्त्र उमेदवार अजय द्विवेदी माथि पर्साको मिलन चोकमा हातपातको प्रयास ||नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति अरविन्द गुप्ताले जनाए
Image

स्वतन्त्र उमेदवार अजय द्विवेदी माथि पर्साको मिलन चोकमा हातपातको प्रयास ||नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति अरविन्द गुप्ताले जनाए

३ मंसिर, वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार अजय द्विवेदी माथि पर्साको मिलन चोकमा हातपातको प्रयास भएको छ ।

निर्वाचन क्षेत्र नं. १ का विभिन्न मतदान केन्द्रहरुको अवस्थाका वारेमा जानकारी लिएर घरफर्कने क्रममा द्विवेदी माथि जसपाका कार्यकर्ताले वीरगञ्ज महानगरपालिका वडा नं. ३१ को मिलन चोकमा उनको गाडी घेरेर हातपातको प्रयास गरेको नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति अरविन्द गुप्ताले जनाए ।

वीरगञ्जबाट गएका जसपाका कार्यकर्ताले उनी माथि हातपात गरेका हुन । उनीहरुले मदिरा सेवन गरेर उनी माथि हातपात गर्न खोजेको गुप्ताले जानकारी दिए । पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार स्वतन्त्र उमेदवार घेरावन्दीमा परेको सुचना पाउना साथ नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले हातपात भएको खवर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।

स्वतन्त्र उमेदवार अजय द्विवेदीले विभिन्न मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरेर घरफर्कने समयमा मिलन चोकमा केही रक्सी खाएर आएका मानिसहरुले दुव्र्यवहार गर्न खोजेको बताए । उनका अनुसार उनीहरुले पैसा बाड्न आएको भनि धेरावन्द गर्न खोजेको बताए । उनीहरुले नियोजित रुपमा आफू माथि आक्रमण गर्ने उदेश्यले आएको जानकारी दिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *