• Home
  • खेलकुद
  • स्पेनिस टिम कोसेरेन्यो सीपी नेपाल आइपुग्यो, पोखरा र काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्दै
Image

स्पेनिस टिम कोसेरेन्यो सीपी नेपाल आइपुग्यो, पोखरा र काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्दै

१२ पुस, काठमाडाैं 

 नेपालमा दुई मैत्रीपूर्ण फुटबल खेल्न दोस्रो डिभिजनको स्पेनिस क्लब कासेरेन्यो सीपी टिम मंगलबार विहान नेपाल आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै आन्तिरक उडानमार्फत यो टिम पोखरा प्रस्थान गरेको छ ।

स्पेनस्थित नेपाली राजदूतावास, अखिल नेपाल फुटबल संघ, काठमाडौं जिल्ला फुटबल संघ र कास्की जिल्ला फुटबल संघको सहकार्यमा लुम्बिनी गार्डेन फाउन्डेसनले स्पेनिस टिमलाई नेपाल ल्याएको हो ।

टिमले बुधबार पोखरा रंगशालामा गण्डकी ११ तथा बिहीबार दशरथ रंगशालामा काठमाडौं ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

शान्तिका लागि फुटबल’को नाराका शाथ नेपालबाट सम्पूर्ण विश्वलाई शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित यो टिमको नेपाल भ्रमण भएको हो ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङ कप्तानीमा रहने गण्डकी ११ को प्रशिक्षणको जिम्मेवारी राजेन्द्र तामाङले पाएका छन् । टोलीमा प्रदेशका अन्य राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने बताइएको छ ।

यसैगरी काठमाडौं ११ को टिम राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान विराज महर्जनको नेतृत्वमा रहनेछ । काठमाडौं टोलीको प्रशिक्षक मेघराज केसी हुनेछन् भने टिममा काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीहरु समावेश छन् ।

यसअघि, नेपाल आउन लागेको ५० सदस्यीय स्पेनिस टिमलाई मड्रिड विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत डा. शर्मिला पराजुली ढकालले बिदाई गरेकी थिइन् ।

बिदाईको अवसरमा राजदूत ढकालले टिमको सखुद नेपाल बसाईको कामना गर्दै दुई देशको खेलकुदलाई एक–अर्कासँग जोड्ने प्रयासमा यो पहिलो पाइला हुने विश्वास व्यक्त गरिन् ।

‘नेपाल एउटा शान्तिप्रेमी देश हो । नेपालले सधै विश्वमा शान्तिको सन्देश प्रवाह गर्दै आएको छ । नेपाल सरकार शान्तिका लागि गरिने सबैखाले प्रयासमा सहयोग गर्न सधै तत्पर छ,’ स्पेनिस टिमको बिदाईका क्रममा राजदूत ढकालले भनिन्, ‘ तपाईहरुको यो भ्रमणले नेपाल र स्पेनको सम्बन्धले नयाँ उचाई हासिल गर्नेछ ।’

स्पेनिस नकआउट फुटबल प्रतियाेगिता कोपा डेल रेको अन्तिम ३२ अन्तर्गत ४ जनवरी रियल मड्रिडसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेको कासेरेन्योले नेपाल भ्रमणमा हुने दुई खेललाई त्यसको अभ्यासका रुपमा प्रयोग गर्ने योजना बनाएको छ ।

‘क्रिस्मस मनाएर काठमाडौं आएको टोली दुई खेललगत्तै नयाँ वर्ष मनाउन स्पेन फर्किने आयोजक लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका अध्यक्ष तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेनका महासचिव एकराज गिरीले जानकारी दिए ।

Related Posts

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni १ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni २ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ३ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *