• Home
  • ताजा समाचार
  • स्थानीय तहको निर्वाचनमा मतदाताहरु मतदान गर्न गाउँ गए
Image

स्थानीय तहको निर्वाचनमा मतदाताहरु मतदान गर्न गाउँ गए

काठमाडौं, २८ वैशाख

स्थानीय तहको निर्वाचन हुन दुई दिन बाँकी रहँदा सहर बजार खाली हुन थालेका छन् । स्थानीय तहका नयाँ जनप्रतिनिधि चुन्न नागरिकहरू सहर छाडेर गाउँतिर लागेका हुन् ।

सुर्खेतको वीरेन्द्रनगर बजारमा दुई दिनदेखि गाउँमा जानेको ताँती लागेको छ । कर्णालीका सबै बजार क्षेत्र र सदरमुकाम खाली हुन थालेका छन् ।

सुर्खेतदेखि बाहिर जिल्लामा जानेकोख संख्या निकै वृद्धि भएको अहिले बस काउन्टरमा टिकट पाउन नै गाह्राे भएको सुर्खेत बसपार्कमा टिकट काउन्टरमा काम गर्ने अक्कल कार्कीले बताए । ‘गाउँ जानेको संख्या निकै वृद्धि भएको छ,’ उनले भने, ‘यात्रुको चाप बढी हुँदा यातायातको टिकट पाउन मुस्किल परेकाे छ ।’

सहरमा रहेका मतदातालाई उम्मेदवारहरूले गाडी रिजर्भ गरेर गाउँगाउँ लैजाने गरेको सुर्खेत बसपार्कमा भेटिएका जुम्ला कनकासुन्दरी गाउँपालिकाका राजकुमार बुढाले बताए । ‘हाम्रो गाउँपालिकाका उम्मेदवारले गाडी रिजर्भ गरेका छन् रे,’ उनले भने, ‘त्यो गाडी कतिबेला आउँछ भनेर पर्खेर बसेको छु ।’

मतदाताहरू गाउँगाउँमा जाँदा सुर्खेत बजारको व्यापार व्यवसायमा कमी आएको व्यापारी रामबहादुर मगरले बताए । ‘सुर्खेत बजारमा प्रायः पसल बन्द छन्,’ उनले भने,‘मतदाताहरू गाउँमा गएका कारणले व्यापारमा कमी आएकाे छ ।’

निर्वाचन नजिकएपछि गाउँमा गाउँमा मानिसहरु भरिभराउ हुन थालेको र आ-आफ्नो पक्षमा मत माग्न थालेको कालीकोट नरहरिनाथ गाउँपालिका-९ लालुका रोहन बिष्टले बताए । ‘अहिले गाउँमा मानिसहरूकाे चहलपहल निकै बढेको छ,’ उनले भने, ‘मतदान गर्न बाहिरबाट आएका कारणले चहलपहल निकै बढेको छ ।’

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ३ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *