Image

सुपर मादी हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाडौं, २० मंसिर

सुपर मादी हाइड्रोपावरले मंगलबारदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गरेको छ । योजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि आइपिओ बिक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको १५ प्रतिशत हुन आउने अर्थात ३१ करोड ५० लाख बराबरको ३१ लाख ५० हजार कित्ता निष्काशन गर्न लागे हो ।  

कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका-१ र २ का स्थानीयका लागि ३ लाख १५ हजार कित्ता सेयर तथा कास्की जिल्लाको मादी गाउँपालिकाका ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडा तथा पोखरा महानगरपालिका २६, २७ र २८ वडाका बासिन्दाको लागि सात लाख ३५ हजार कित्ता सेयर छुट्याएको छ ।

कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने १० प्रतिशत हुन आउने अर्थात २ लाख १० हजार कित्ता श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीका लागि  सरकारको सम्बन्धित निकायबाट निष्कासन गर्न लागेको हो।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाले ५ पुससम्म मात्र आवेदन दिन सक्छन् । उक्त आइपिओ नपरेको खण्डमा २० पुससम्म आवेदन दिन पाउने व्यवस्था छ। सो सेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।

यस्तै, आइपिओ निष्काशन गराएको रेटिङअनुसार इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी आइआर डबल बी रेटिङ प्रदान गरेको छ । सो रेटिङले तत्काल वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। 


Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ४ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *