• Home
  • समाचार
  • सुन्दै ज्यान नै झसङ्ग हुने नाम भूत छाँगा, रहर लाग्दो झरना, डर लाग्दो नाम
Image

सुन्दै ज्यान नै झसङ्ग हुने नाम भूत छाँगा, रहर लाग्दो झरना, डर लाग्दो नाम

काठमाडौं । सुन्दै ज्यान नै झसङ्ग हुने नाम हो भूत । भूत भन्ने बित्तिकै मान्छेको मन तर्सिन्छ । सिन्धुपाल्चोकमा एउटा यस्तो छाँगा छ, जसको नाम भूत छाँगा राखिएको छ । नामले उक्त छाँगामा जाने आट धेरैले नगर्लान् । तर, नाम अनुसारको ठाउँ भने देखिँदैन ।

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारासागाँचोकगढी नगरपालिका वडा नम्बर ७ मगुवामा अवस्थित छ भूत छाँगा । ओझेलमा पर्दै गएको भूत छाँगाले पछिल्लो समय ह्वात्तै पर्यटक तान्न थालेको छ ।

सदरमुकाम चौताराबाट करिब सात किलोमिटरको दूरीमा रहेको यो छाँगामा जानेहरूको अहिले लर्को लाग्ने गरेको छ । वरिपरि हरिया पहाडी जंगलले घेरिएको कोप्चो गहिरो ठाउँ, झण्डै ८० फिटमाथिबाट खसेको पानीको फोहोरा, सानो बगरले जो कसैलाई पनि आनन्दित तुल्याउँछ ।

छाँगामा रमाउन टाढाटाढाबाट मानिस पुग्न थालेका छन् र उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट छाँगाको प्रचार गर्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण बढेको हो । अधिकांशले टिकटक र फेसबुकको माध्यमबाट थाहा पाएपछि रमाइलो गर्न यस छाँगामा पुगेको बताएका छन् ।

पछिल्लो समय विभिन्न ठाउँबाट समेत पर्यटक घुम्न आउन थालेका छन् । धेरै त टिकटक बनाउन र फोटो खिच्नका लागि मात्र झरना पुग्छन् । अहिले यो झरना बालकदेखि युवायुवतीको प्रमुख रोजाइ नै बनेको छ । एकाएक आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि भएपछि चौतारा सागाँचोकगढी नगरपालिकाले छाँगालाई व्यवस्थित बनाउन थालेको भूत छाँगा व्यवस्थापन समिति अध्यक्ष नीराजन थापा मगरले बताए ।

चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष उमा प्रसाद दुलालले भूत छाँगामा पर्यटकको चहलपहल बढ्न थालेपछि पूर्वाधार विस्तारको काम पनि थालिएको बताए । ‘हामी यहाँ घुम्न आउने पर्यटकलाई मध्यनजर गरेर सडक, बाटोघाटो, अन्य पूर्वाधारको विस्तार गर्दै व्यवस्थित बनाउन योजनामा अघि बढेका थियौं, उनले भने । खाना खाजा खाने स्थल, पिकनिक स्पोर्ट बनाएर थप व्यवस्थित गर्न सकियो भने आन्तरिक र बाह्य पर्यटकको गन्तव्य नै बन्न सक्ने द वाकर्स ग्रुपका सन्दीप शाक्यले बताए ।

चौतारा अहिले भर्जिन पर्यटकीय गन्तव्यको रूपमा विकास हुन थालेको छ । सुकुटे आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई एक दिन एक रात राख्ने योजना नगरपालिकाको छ । साँगाचोकको गढी, इर्खुको रानीपोखरी, भूत छाँगा, कदमबासको प्याराग्लाइडिङ गराई बुद्ध पार्क, गौराती मन्दिर हुँदै हर्लङबर्लङ मन्दिर दर्शन गराई त्यहाँको चमेरो गुफा देखाउने र ओख्रेनिको चिया बगान हुँदै होम स्टेको आनन्द दिने नीति नगरपालिकाले ल्याएको नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ महिना अगाडि
1 Comments Text
  • Binance开户 says:
    Your comment is awaiting moderation. This is a preview; your comment will be visible after it has been approved.
    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.
  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *