• Home
  • ताजा समाचार
  • सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’मा मिरुना र रोशनको अभिनय
Image

सुनिल गिरीको ‘घुम्तीमा जुधेको आँखा’मा मिरुना र रोशनको अभिनय

काठमाडौं, १६ वैशाख । गायक सुनिल गिरीको घुम्तीमा जुधेको आँखा बोलको सालैजो गीतको भिडियो सार्वजनिक भएको छ । गायक गिरी स्वयंकै शब्द तथा संगीतमा तयार सालैजो गीतमा नायिका मिरुना मगर र मोडल रोशन केसीको अभिनय रहेको छ ।

मोडल रोशनसँग गायक गिरीको यो दोस्रो सहकार्य हो । यसअघि गायक गिरीकै बहुचर्चित गीत जुम्ला गीतमा रोशनको अभिनयको चर्चा भएको थियो ।रोमान्टिक शैलीमा तायर पारिएको घुम्तीमा जुधेको आँखा एक प्रेमील जोडीको प्रेम कथा हो ।

जसलाई अनिल कृष्ण मानन्धरले निर्देशन गरेका हुन् भने नृत्य निर्देशन मौसम हिमालीले गरेका हुन् । मनोज कार्कीको सम्पादन तथा कलरिङ, कृष्ण बिक भान्जाको एरेन्जमा तयार भएको गीतको छायांकन निर्देशक अनिल स्वयमले गरेका हुन् । गायक गिरीकै कन्सेप्टमा तयार भएको भिडियो सुनिल गिरी अफिसियलबाट सार्वजनिक गरिएको हो ।

भिडियो लिंक : https://youtu.be/Si16gDPCvis

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *