For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • सुदुरपश्चिममा सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान
Image

सुदुरपश्चिममा सरकार गठनका लागि पुस २७ गतेभित्र दाबी पेस गर्न आह्वान

काठमाण्डाै पुस २०

सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले पुस २७ गते बेलुकी ५ बजेभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख जोशीले संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो ।

संविधानको धारा १६८ को उपधारा १ अनुसार सरकार बनाउन कुनै पनि दलको बहुमत नपुग्ने भएकाले उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलको समर्थन प्राप्त प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ । त्यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने हुन्छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सरकार गठनका लागि २७ जनाको समर्थन आवश्यक पर्छ । यो प्रदेशमा १९ सिट जितेको नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ । यस्तै नेकपा माओवादी केन्द्र को ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्तिको सात, नेकपा एकीकृत समाजवादीको चार, राप्रपा एक र स्वतन्त्र एक प्रदेश सभा सदस्य छन् ।   

यसैबीच सुदूरपश्चिम प्रदेश सभा सभामुखको चुनाव पुस २८ गते हुने भएको छ । प्रदेश सभा सचिवालयले  कार्यतालिका सार्वजनिक गर्दै पुस २८ गते सभामुखको चुनाव गर्ने जानकारी गराएको हो ।

प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा गएकाे आइतवार बसेको सर्वदलीय बैठकले माघ २ गते सभामुखको चुनाव गर्ने निर्णय गरेको भए पनि प्रदेश सभा सचिवालयले नियमावली देखाउँदै २८ गते सभामुखको चुनाव गर्ने जनाएको थियो । 

Related Posts

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni ७ दिन अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ हप्ता अगाडि

Valentino College ले गर्यो SEE Super Model Vol. 5 Contestants लाई सम्मान तथा Training

SEE Super Model Vol. 5 अन्तर्गत छनोट भएका 100 जना प्रतियोगीहरुलाई Valentino College द्वारा विशेष 1 दिने Idea…

ByByanjana soni १ महिना अगाडि

Lions District 325P Nepal को Cabinet Schooling Program ले दियो नयाँ नेतृत्वको सन्देश

धुलिखेलस्थित होटल सारथीमा Lions International District 325P Nepal द्वारा आयोजित Cabinet Schooling Program भव्य तथा सफलतापूर्वक सम्पन्न भएको…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *