Trending

सिराहामा कांग्रेस शून्य, हार्नुकाे प्रमुख कारण पार्टीभित्रको कलह

1.1kViews
0 Shares

काठमाडौं, ११ मंसिर

सिराहाको चारवटै निवार्चन क्षेत्रमा प्रतिनिधि तथा प्रदेशसभातर्फ नेपाली कांग्रेस शून्य भएकाे छ । प्रतिनिधिसभाको चार र प्रदेशसभाको आठवटा निर्वाचन क्षेत्रमा कांग्रेस शून्य बनेकाे हाे ।

 कांग्रेसकाे किल्ला मानिने सिराहाकाे चारवटै क्षेत्रमा एमाले र जसपा विजयी भएका छन् । डा.सिके राउत नेतृत्वको जनमत पार्टीकाे उदय पनि कांग्रेस पराजित हुनुकाे एउटा कारण मानिएकाे छ । त्यसबाहेक पार्टीभित्रकाे अन्तरकलह नै मुख्य रहेकाे नेताहरु बताउँछन् ।

वाम लोकतान्त्रिक गठबन्धनबीच सिट बाँडफाँड हुँदा सिराहामा प्रतिनिधिसभामा दुईवटा क्षेत्रमा कांग्रेसकाे भागमा परेकाे थियाे । जसमा चित्रलेखा यादव र पद्मनारायण चाैधरीले उम्मेदवारी दिएका थिए । दुईवटा क्षेत्र एकीकृत समाजवादी र माऔवादीका भागमा परेको थियो ।

स्थानीय तहको मतलाई आधार मान्दा सिराहाको चार निर्वाचन क्षेत्रमध्ये तीनवटामा सता गठबन्धनको जित सुनिश्चित देखिए पनि कांग्रेसभित्रको अन्तरकलहका कारण हार व्यहोर्नुपरेको नेपाली कांग्रेसका जिल्ला सचिव शैलेन्द्र यादवले बताए । अघिल्लो स्थानीय निर्वाचनमा सिराहामा जनमत पार्टीको उम्मेदवारी परेको थिएन। अरु स-साना दलको वर्चस्व पनि थिएन । तर  अहिलेकाे निर्वाचनमा जनमत पार्टीले एमाले र जसपाको मत नकाटेर कांग्रेसकाे मात्र काटेकोले हार व्यहोर्नु परेको सचिव यादवले दाबी गरे । चुनावी परिणाम विगतको जस्तो नआए पनि जनताले गठबन्धनलाई विश्वास गरी अत्यधिक मत दिएकाे र त्सलाई  संरक्षण गर्नतर्फ लाग्नुपर्ने उनकाे भनाइ छ ।

०७४ मा सिराहा १ बाट कांग्रेसका स्व.नेता प्रदीप गिरी निर्वाचित भएका थिए। गिरीले २३ हजार ९५१ मत ल्याएर निर्वाचित हुँदा एमालेका गंगा यादव २१ हजार ३७१ मत ल्याएर दोस्रो भएका थिए। त्यो बेला प्रदीप गिरीको जितमा संगठनको मतभन्दा पनि व्यक्तित्वको मत निर्णायक बनेको यस क्षेत्रका  स्थानीय बुद्धिजीव बताउँछन्। पार्टीभित्रकाे मतभेदका कारण यस क्षेत्रमा पराजित हुन पुगेको कांग्रेसका कार्यकर्ताहरू बताउँछन्।

सिराहा १ काे प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रामशंकर यादव कांग्रेसका नेता तथा पूर्वमन्त्री पदमनारायण चौधरीलाई दुई हजार ८३ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। सिराहा २ मा पूर्वमन्त्री तथा कांग्रेस नेतृ चित्रलेखा यादव लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार थिइन् । 
२०७४ को आमनिर्वाचनमा यस क्षेत्रबाट माओवादीबाट टिकट पाएका सुरेशचन्द्र दास यादव २८८८ मतान्तरले निर्वाचित भएका थिए । उनले यादवले २० हजार १४८ र उनका प्रतिस्पर्धी सत्रुधनप्रसाद सिंहले १७ हजार २६० मत प्राप्त गरी पराजित भएका थिए । पराजित भएका सिंह हालै सम्पन्न निर्वाचनमा सिराहा २ ‘ख’मा निर्वाचित भएका छन् । 

२०७४ सालमा समानुपातिक सांसद भएकी यादव कांग्रेसकी प्रमुख सचेतक छिन्। पुनः यसै क्षेत्रबाट उम्मेदारी दिएकी उनीप्रति रहेको मतदाताको असन्तुष्टिका कारण ११५० मतान्तरले पराजित भइन् । सिराहा २ मा जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार राजकिशोर यादव २४ हजार १७८ मत ल्याई विजयी भएका छन् । 

सिराहा ३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका विश्वनाथ साह र जसपा एमाले गठबन्धनका लीलानाथ श्रेष्ठबीच कडा प्रतिस्पर्धा रह्यो।  प्रतिनिधिसभा निर्वाचन २०७४ मा श्रेष्ठले २३ हजार २२७ मत ल्याएर निर्वाचित हुँदा संघीय समाजवादी फोरमका असेश्वर यादवले २१ हजार २२० मत ल्याएर दोस्रो भएका थिए। पुनः यसै क्षेत्रबाट प्रतिनिधिसभामा लडेका पूर्वमन्त्री लीलानाथ श्रेष्ठले २८ हजार ६४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार विश्‍वनाथ साहलाई ११८२ मतान्तरले पराजित गरेका हुन् । पराजित विश्‍वनाथ साहले २६ हजार ८८२ मत ल्याएका छन् ।

विश्वनाथ साह २०४८ को आम निर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन सिरहा–५ मा जनमोर्चा नेपालबाट उम्मेदवार बने पनि पराजित भएका थिए ।  

सिरहा ४ मा एमाले जसपा गठबन्धनबाट जसपाका वीरेन्द्र महतो र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका पूर्वमन्त्री धर्मनाथ साहबीचको  प्रतिस्पर्धामा २४ हजार १०२ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार वीरेन्द्रप्रसाद साहलाई सात हजार ८०८ मतान्तरले पराजित गरेका हुन् । पराजित वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याए । सता गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार धर्मनाथ साहले १४ हजार ६५३ मत ल्याइ तेस्रो स्थानमा रहे । 

२०७४ को आमनिर्वाचनमा सिराहा २ बाट निर्वाचित भएका जसपाका नेता राजकिशोर यादवले  पूर्वकानुनमन्त्री अजयशंकर नायकलाई करिब दुई हजारभन्दा बढी मतान्तरले पराजित गरी सिरहा ४ बाट निर्वाचित भएका थिए । 

सिरहामा कांग्रेसमा पार्टीभित्रकै गुट-उपगुटका कारण यो निर्वाचनमा सत्तागठबन्धनले हार व्यहोर्नुपरेको कांग्रेसीजनहरु स्वीकार्छन् । सिराहामा कांग्रेसमा पहिलेदेखि नै गहिरो मतभेद कायम रहेको छ । जसको प्रभाव र परिणाम यस निर्वाचनमा देख्नु परेको नेपाली कांग्रेसका नेताहरू बताउँछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय