Trending

सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग

1.3kViews
0 Shares

काठमाडौं, ६ असार । प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै उनले बारामा रहेको ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्दै विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सरकारसँग माग गरेका हुन् ।

एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्त्विक महत्त्वको सम्पदा फेलापरेका भन्दै  उनले सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न माग गरेका हुन् । 

‘विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्ने क्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्त्विक सम्पदाहरू फेला परिराखेको छ ।

तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र विश्वसम्पदा सूचीमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु,’ बैठकमा उनले भने । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय