Image

सिनजियाङमा गम्भीर मानवअधिकार हनन्– संयुक्त राष्ट्र संघ


काठमाडौ । भदौ १६ गते
संयुक्त राष्ट्र संघले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार हननका गम्भीर घटना भएको जनाएको छ । बुधबार जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सरकारको आतंकवाद विरोधी र ‘अतिवाद विरोधी’ नीतिहरूको कार्यान्वयनका कारण सिनजियाङ क्षेत्रमा गम्भीर मानवअधिकार हनन भएको दाबी गरे ।

पश्चिमी सिनजियाङमा दश लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकलाई हिरासतमा राखेको बेइजिङमाथि आरोप लाग्दै आएको छ । अभियानकर्ताले बेइजिङमाथि नजरबन्द, जबरजस्ती श्रम र नसबन्दी, उइघुर धार्मिक र सांस्कृतिक स्थलहरूको विनाशलगायतका मानव अधिकार उल्लंघन गरेको अभियानकर्ताले आरोप लगाउँदै आएका छन् ।

चीनका अल्पसंख्यक जातीय मुसलमान उहीगुरको सिनजियाङ प्रान्तमा बाहुल्य छ । सिनजियाङको कुल जनसंख्याको झन्डै आधा प्रतिशत उहिगुरको छ । सिनजियाङका विभिन्न स्थानमा उहिगुर मुसलमानलाई विभिन्न शिविरमा थुनेर चरम यातना दिइएको छ । उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर विश्व समुदायले चीनको आलोचना गर्दै आएको छ ।

Related Posts

रक्सौलमा नशालु पदार्थ ख्वाएर यात्रु लुटपाट गर्ने गिरोहको भण्डाफोर, मजदुरको भेषमा पुगेका प्रहरीद्वारा दुई पक्राउ

रौतहट, ७ भदौ । भारत–नेपाल सीमासँग जोडिएको बिहारको रक्सौलमा प्रहरीले नशालु पदार्थ ख्वाएर यात्रुलाई लुटपाट गर्ने गिरोहको भण्डाफोर…

ByByanjana soni १ हप्ता अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *