Image

सिनजियाङमा गम्भीर मानवअधिकार हनन्– संयुक्त राष्ट्र संघ


काठमाडौ । भदौ १६ गते
संयुक्त राष्ट्र संघले चीनको सिनजियाङ क्षेत्रमा मानवअधिकार हननका गम्भीर घटना भएको जनाएको छ । बुधबार जारी गरिएको एक प्रतिवेदनमा संयुक्त राष्ट्रका मानवअधिकार प्रमुख मिसेल ब्याचेलेटले सरकारको आतंकवाद विरोधी र ‘अतिवाद विरोधी’ नीतिहरूको कार्यान्वयनका कारण सिनजियाङ क्षेत्रमा गम्भीर मानवअधिकार हनन भएको दाबी गरे ।

पश्चिमी सिनजियाङमा दश लाखभन्दा बढी उइघुर र अन्य मुस्लिम अल्पसंख्यकलाई हिरासतमा राखेको बेइजिङमाथि आरोप लाग्दै आएको छ । अभियानकर्ताले बेइजिङमाथि नजरबन्द, जबरजस्ती श्रम र नसबन्दी, उइघुर धार्मिक र सांस्कृतिक स्थलहरूको विनाशलगायतका मानव अधिकार उल्लंघन गरेको अभियानकर्ताले आरोप लगाउँदै आएका छन् ।

चीनका अल्पसंख्यक जातीय मुसलमान उहीगुरको सिनजियाङ प्रान्तमा बाहुल्य छ । सिनजियाङको कुल जनसंख्याको झन्डै आधा प्रतिशत उहिगुरको छ । सिनजियाङका विभिन्न स्थानमा उहिगुर मुसलमानलाई विभिन्न शिविरमा थुनेर चरम यातना दिइएको छ । उइगर मुस्लिमहरूप्रति अपनाएको नीतिलाई लिएर विश्व समुदायले चीनको आलोचना गर्दै आएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *