• Home
  • ताजा समाचार
  • सिद्धार्थनगरमा साँढे घिसारेको फोटो भाइरल, अनावश्यक हल्ला चलाइएको मेयरको दाबी
Image

सिद्धार्थनगरमा साँढे घिसारेको फोटो भाइरल, अनावश्यक हल्ला चलाइएको मेयरको दाबी

काठमाण्डाै  पुस २१

 रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा साँढे घिसारेको फोटो भाइरल भएपछि मेयर इस्तियाक खानले यसबारे अनावश्यक हल्ला फैलाएको दाबी गर्नुभएको छ । भाइरल भएजस्तो घटना नभएको, तर यदि कोही दोषी देखिएमा कारबाही गर्ने उहाँको भनाइ छ ।

हिजो बेलुकी लु १ ग ३६२ नम्बरको ट्रकको पछाडि बाँधेर साँढेलाई घिसार्न लागेको फोटो सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । मेयर खानले भने फोटो भाइरल भएजस्तो घटना नभएको दाबी गर्नु भएको छ ।

‘हामीले छाडा पशुचौपायालाई व्यवस्थित गर्न एउटा गैरसरकारी संस्थासँगको समन्वयमा काम गर्दैछौँ, त्यही अभियान अन्तर्गत सडकमा त्यसै छोडिएका गाई गोरुलाई आश्रममा लैजान खोजिएको थियो । त्यसै क्रममा साँढे “हेभी” भएपछि बाँधेर बिस्तारै बिस्तारै लैजान खोज्दा सडकमा बसेको थियो । त्यही फोटो खिचेर अनावश्यक हल्ला चलाइयो’ उहाँले भन्नुभयो ।

उहाँका अनुसार छाडा पशु चौपायाका कारण दुर्घटना बढेपछि उनीहरुको व्यवस्थापन र संरक्षणका लागि बुटवल आसपासको जङ्गलमा आश्रम बनाइएको छ । त्यहीँ आश्रममा गैर सरकारी संस्थाले यस्ता पशु चौपायाको संरक्षण गर्दै आएका छन्।

सिद्धार्थ नगरपालिकाका १ सय २५ वटा गाईगोरु गरी पनि यही आश्रममा लगेर राखिएको छ । तर, साँढेलाई लैजाने क्रममा समस्या भएको उहाँले बताउनुभयो । उहाँले घटनाबारे आफूले छानबिन गर्ने र दोषी पाइए कारबाही गर्ने बताउनु भएको छ । ‘कसैले पनि यसरी बाँधेर पशुलाई घिसार्दै लैजाँदैन, के भएको रहेछ हामी बुझ्दैछाैँ’ उहाँले भन्नुभयो । 

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *