• Home
  • ताजा समाचार
  • सिंहदरबार आएर भारतीय राजदूतले दिए उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई
Image

सिंहदरबार आएर भारतीय राजदूतले दिए उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई

२० पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

बुधबार बिहान सिंहदरवारस्थित भौतिक पूर्वाधार मन्त्रालयमा भारतीय राजदूत श्रीवास्तवले मन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन् ।

भेटमा भारतीय राजदूत श्रीवास्तवले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।

भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र भारतबीचको वर्षौंदेखिको मैत्रीपूर्ण सम्बन्ध र नागरिकस्तरको सम्बन्धबारे चर्चा गरेका थिए । त्यस्तै विकास निर्माण र द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको उपप्रधानमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *