• Home
  • राजनीति
  • सामाजिक सद्भाव बचाउने उद्देश्यले टिकटक प्रतिवन्ध गर्ने निर्णय गरिएको हो : प्रधानमन्त्री दाहाल
Image

सामाजिक सद्भाव बचाउने उद्देश्यले टिकटक प्रतिवन्ध गर्ने निर्णय गरिएको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं । टिकटकमाथिको प्रतिवन्ध निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले सबैदलको सहमतिमा गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । नेपाल संवत् ११४४ को अवसरमा भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, कतिपयका असहमति देखिएपनि दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै निर्णय भएको बताएका हुन् ।

‘देशभित्रका सबै राजनीतिक दल, के सत्तापक्ष के प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत सबैको लामो बहसको सहमतिपछि र अन्तराष्ट्रिय रुपमा पनि सबभन्दा लोकतान्त्रिक र विकशित देशले कस्तो मान्यता अपनाएका छन् भन्ने कुराको पनि अध्ययन गरेर सामाजिक सद्भाव पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउने उद्देश्यले गरेको कुरा म जानकारी गराउन चाहान्छु ।’ उनले भने ‘जति निर्णय गरिएका छन् । यो बहस त हुदैँ जाला । यसमा विमतिहरु पनि होलान् ।’

अराजकता रोक्ने विषयमा सरकार खरो उत्रने उनको भनाई छ । ‘नेपालमा विकृती विसंगति र अराजकता फैलाउन चाहाने प्रवृतिलाई रोकेर जानुपर्छ । नियमन गर्नु पर्छ । रोक्न मिल्नेलाई रोक्नु पर्छ । नियमन गर्नेलाई नियमन गर्नुपर्छ भन्ने मान्यताबाट उत्प्रेरित भएर सबैको सहमतिबाट गरेको छु । केही साथीहरुको चित्त बुझेको छैन् । छलफल हुदैँ जाला ।कन्भिन्स हुदैँ जाने प्रक्रिया होला । ’त्यस्तै उनले राष्ट्रिय विभूति शंखदर साख्वाले सामाजिक रुपान्तरणका लागि खेलेको भूमिकाको खुलेर प्रशंसा गरे ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ महिना अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ महिना अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *