• Home
  • जनजाति
  • सामाजिक युवा एकता क्लबको सक्रियतामा रक्तदान, ६१ जनाले गरे रक्तदान
Image

सामाजिक युवा एकता क्लबको सक्रियतामा रक्तदान, ६१ जनाले गरे रक्तदान

बीरगंज, पर्सा।

सामाजिक युवा एकता क्लबले वीरगञ्जमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

क्लव स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएका छन्। वीरगञ्ज महानगरपालिका वडा नं. १२ ब्रम्ह मन्दिरचोकमा गरिएको रक्तदानमा स्थानीयको उल्लेख्य सहभागिता रहेकोे थियो। रक्तदान कार्यक्रममा ५० जना पुरुष र ११ जना महिला गरी कुल ६१ जनाले रक्तदान गरेको क्लवका सल्लाहकार प्रमोद महतो धानुकले जानकारी दिनु भयो।

रक्तदानले आफ्नो शरीर स्वास्थ हुनुको साथै लाखौ यज्ञ गरे पनि कसैको ज्यान जोगाउन सकिँदैन तर एक थोपा रगतले ज्यान जोगाउन सकिन्छ त्यस कारण रक्तदान भन्दा ठुलो र महान दान अरु कुनै दान नरहेकोले रक्त दान गरि महा दान गर्न सबैमा सचेतना समेत ब्लड बैंक बीरगंजका प्रतिनिधिले आफ्नो अभिव्यक्ति दिएका थिए।

वीरगञ्जमा विभिन्न अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामी लाई रगतको अभावमा समस्या नहोस भन्ने उद्देश्यले रक्तदान गरिएको आयोजक संस्थाका अध्यक्ष विकास कुमार मण्डलले बताए। उक्त अवसरमा वीरगञ्ज वडा नं. १२ का वडाध्यक्ष सुरेश गुप्ता, नगर परिसद सदस्य दीपक डंगोल लगायतको उपस्थिति थियो।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni २ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ५ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *