• Home
  • अर्थ
  • सानिमा जीआईसी इन्स्याेरेन्सको साधारणसभा बस्दै
Image

सानिमा जीआईसी इन्स्याेरेन्सको साधारणसभा बस्दै

काठमाडौ,  २४  जेठ । सानिमा जीआईसी इन्स्याेरेन्सको पाँचौं वार्षिक साधारणसभा ३२ जेठमा  बस्ने भएको छ । सभा अमृतभोक कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा छ । 

आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन माथि पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि छ ।  कम्पनीले यसपटक पनि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । यसर्थ, यो पटक कम्पनीका सेयरधनीको हात खाली हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले १२ जेठमा बुक क्लोज गरिसकेको छ ।

११ जेठसम्म कायम सेरधनीहरु सभामा भाग लिन योग्य हुनेछन् । गत वर्षको कात्तिक ७ गतेबाट सानिमा जनरल र जनरल इन्स्याेरेन्स एक आपसमा मर्ज भएर सानिमा जीआईसी इन्स्याेरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।  

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ६ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ७ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ११ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *